टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !

सारांश

  • काठमाडाैँ, १७ असाेज ।
  • टि २० विश्वकप २०२० का लागि पहिलाे चरणकाे छनाेट प्रतियाेगिता खेल्न मलेसिया गएकाे नेपाली टाेलीले बुधबार म्यानमारकाे सामना गर्दैछ ।
  • एसिया उपक्षेत्रिय छनाेट अन्तर्गत समूह बि मा रहेकाे नेपालले अाफ्नाे पहिलाे खेल अन्तर्गत म्यानमारसँग खेल्ने भएकाे हाे ।

काठमाडाैँ, १७ असाेज । टि २० विश्वकप २०२० का लागि पहिलाे चरणकाे छनाेट प्रतियाेगिता खेल्न मलेसिया गएकाे नेपाली टाेलीले बुधबार म्यानमारकाे सामना गर्दैछ । एसिया उपक्षेत्रिय छनाेट अन्तर्गत समूह बि मा रहेकाे नेपालले अाफ्नाे पहिलाे खेल अन्तर्गत म्यानमारसँग खेल्ने भएकाे हाे ।

समूहमा नेपाल र म्यानमार सहित चीन  थाइल्याण्ड सि‌गांगापुर भुटान र अायाेजक मलेसिया रहेका छन् । प्रतियाेगिताकाे पहिलाे दिन थाइल्याण्ड र मलेसियाले विजयी सुरुवात गरेका छन् । थाइल्याण्डले चीनलाई १० विकेटले गुमाएकाे छ भने अायाेजक मलेसियाले भुटानलाई ६७ रनले पराजित गरेकाे हाे । निर्धारित २० अाेभरमा चीनले ३५ रन मात्र बनाउन सकेपछि थाइल्याण्डले ३६ रनकाे लक्ष्य २ दशमलब  ४ अाेभरमा कुनै विकेट नगुमाइ भेटाएकाे हाे भने भुटानले १ सय ५४ रनकाे लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सकेकाे थियाे ।

म्यानमार सँगकाे पछिल्लाे खेल नेपालका लागि सुखद रहेकाे थियाे । क्रिकेटकाे इतिहासमा सबैभन्दा कम स्काेरमा राेकेकाे र सबैभन्दा छिटाे लक्ष्य पछ्याएकाे किर्तिमान नेपालकाे नाममा रहेकाे छ जुन म्यानमार कै खिलाफ बनेकाे थियाे । सन २००६ मा भएकाे एसिसि क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमार विरुद्ध १० विकेटकाे जित निकालेकाे थियाे । उक्त खेलमा म्यानमारले बनाएकाे १० रन र नेपालले २ बलमै पछ्याएकाे ११ रनकाे लक्ष्य दुवै विश्व किर्तिमान हुन् ।

पहिलाे चरणकाे छनाेट प्रतियाेगितामा शिर्ष ३ मा रहने टाेली दाेस्राे चरणकाे छनाेट प्रतियाेगिता खेल्नेछन् । त्यस्तै दाेस्राे चरणबाट दुई टाेली विश्वव्यापी छनाेट प्रतियाेगिता खेल्नेछन् । जुन प्रतियाेगिताका शिर्ष ६ टाेली सन २०२० मा अष्ट्रेलेलियामा हुने २० अाेभरकाे विश्वकप क्रिकेट खेल्नेछन् । यसअघि नेपालले सन २०१४ काे २० अाेभरकाे विश्वकप क्रिकेट खेलेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनिर्वाचित सभापति राईद्वारा शपथ
नवनिर्वाचित सभापति राईद्वारा शपथ
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
मोरङमा एमालेलाई चार, माओवादीलाई दुई सीट, टिकट नपाएपछि १ नम्बरमा भयाे रुवाबासी
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
चार हजार परिवार लाभग्राही सूचीबाट हटाइँदै
चार हजार परिवार लाभग्राही सूचीबाट हटाइँदै
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ

तपाईंले छुटाउनुभयो कि?