डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित

सारांश

  • एण्ड्री बने सद्भाव दूत चितवन, १७ असोज ।
  • चितवनको रत्ननगरलाई डेण्टल टुरिजमको रुपमा घोषणा गरेसँगै यहाँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका छन् ।
  • विगत एक दशक देखि दन्त उपचारमा अलग पहिचानसँगै गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता पाएको साईराम डेण्टल हस्पिटल रत्ननगरले डेण्टल टुरिजमको रुपमा घोषणा गरेसँगै दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका हुन् ।

एण्ड्री बने सद्भाव दूत

चितवन, १७ असोज । चितवनको रत्ननगरलाई डेण्टल टुरिजमको रुपमा घोषणा गरेसँगै यहाँ दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका छन् । विगत एक दशक देखि दन्त उपचारमा अलग पहिचानसँगै गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता पाएको साईराम डेण्टल हस्पिटल रत्ननगरले डेण्टल टुरिजमको रुपमा घोषणा गरेसँगै दाँतको उपचार गर्न आउने पर्यटकहरु बढेका हुन् ।

दन्त उपचारमा उत्कृष्ट सेवासँगै साईरामले हम्बल स्माइल फाउन्डेसनले अन्तर्राष्ट्रिय मान्यता पाएपछि यहाँ पर्यटकहरु घुम्न र उपचार गर्न समेत आकर्षित भएका हुन् । साईरामले डेण्टल टुरिजम क्षेत्र घोषणा गर्दै रत्ननगरमा आफ्नो पहिलो शाखा विस्तार गरेको थियो । पहिलो एक महिनामा मात्र १६ जना पर्यटकहरुले यहाँबाट सेवा लिएको साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा.सरु थापाले जानकारी दिइन् ।

“विदेशको तलुनामा दाँतको उपचार ७० प्रतिशतले सस्तो छ”, साईरामका वरिष्ठ दन्तरोग विशेषज्ञ डा.अजय न्यौपानेले भने, “विदेशीहरु चितवन निकुञ्ज घुम्न र उपचार गराउन आउने गर्दछन् ।” यहाँ बढीमात्रामा युरोपियन राष्ट्रका पर्यटकहरु घुम्न अनि दाँत सफा गर्ने, निकाल्न, कृत्रिम दाँत राख्न, जरादेखि सफा गरी आरसीटी गर्न आउने समेत उनले बताए ।

आफूहरुकहाँ दाँत उपचार गर्न समेत विदेशीहरु आउने तथ्यांक थाहा पाएपछि सरकारले घोषणा गरेको पर्यटन बर्ष समेत सफल बनाउन डेण्टल टुरिजम घोषणा गरेरै सेवा दिइरहेको डा.सरु थापाले बताइन् । यसैबीच नदेरल्याण्डबाट साईराममा उपचार गर्न आएका विरामी एण्ड्री रिङ्गफिङ्गलाई सद्भाव दूत घोषणा गरिएको छ ।

इन्टरनेटको मार्फतबाट साईरामको उपचार सेवा थाहा पाएपछि चितवन घुम्न र उपचार गर्न आएका एण्ड्रीले आफूले सोचेभन्दा अन्तराष्ट्रियस्तरकै उत्कृष्ट सेवा पाएको बताए । “मैले यहाँ धेरै रकम खर्च गर्दा पनि उपचार राम्रो पाएको थिइन”, एण्ड्रीले भने, “यति राम्रो सेवा सौराहा नजिक भएपछि म अब यसको प्रचार गर्छु भनी सद्भाव दूत बनेर विदेशमा प्रचार गर्नेछु ।

सद्भाव दूत घोषणा एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै साईरामकी डा. सरु र एण्ड्रीले आदानप्रदान गरेका थिए । यो सँगै डेण्टल टुरिजमका लागि नेदरल्याण्ड लगायत युरोपियन राष्ट्रहरुमा साईरामको प्रतिनिधि डेण्टल टुरिजमका एण्ड्रीले प्रवद्र्धन गर्नेछन् । साईरामले डेण्टल टुरिजमको अवधारणासहित एक महिना अगाडि रत्ननगरको सौराहाचोकमा पहिलो शाखा विस्तार गरेको थियो ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?