सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’

सारांश

  • सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो ।
  • सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के हो भनेर आयुक्तहरूलाई -याख-याप्ती पारे भने आयुक्तहरूले आयोगले यो वर्ष नौ नौवटा निर्वाचन गरेर अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेकाले गिनिज बुकमा नाम लेखाइदिन सभासद्हरूलाई व्यङ्गयात्मक जवाफ दिए ।
  • ‘मैले विश्वकर्मासँग बिबाह गरें भने मेरी श्रीमतीले कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?

सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगका प्रतिनिधि र सभासद्बीच बुधबार जुहारी नै चल्यो ।

सांसद्हरूले सभासद् हुन पाउने लगायतका विषयमा आयोगको क्लष्टर के हो भनेर आयुक्तहरूलाई -याख-याप्ती पारे भने आयुक्तहरूले आयोगले यो वर्ष नौ नौवटा निर्वाचन गरेर अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेकाले गिनिज बुकमा नाम लेखाइदिन सभासद्हरूलाई व्यङ्गयात्मक जवाफ दिए ।

‘मैले विश्वकर्मासँग बिबाह गरें भने मेरी श्रीमतीले कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ? आयोगको क्लष्टरप्रतिको बुझाई के छ प्रष्ट हुन चाहन्छु’ भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् बिजय सुब्बाले प्रश्न गर्नुभयो ।

उहाँले समानुपातिक निर्वाचन प्रणालीतर्फ छुट्याइएको व्यवस्थाले एउटै व्यक्तिलाई विभिन्न जातजाति र समुदायका नाममा पटकपटक सांसद बन्ने अवसर मिलेकोप्रति असहमति जनाउने क्रममा उक्त कुटनीतिक प्रश्न राख्नुभएको हो ।

आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?