शीतलहरले जनजीवन कष्टकर

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२० पटक हेरिएको
Shares
शीतलहरले जनजीवन कष्टकर

सारांश

  • चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ ।
  • बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो ।
  • गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।

चिसो मौसमको सुरुवातसँगै पश्चिम तराईमा शीतलहर शुरु भएको छ । बाक्लो हुस्सुसँगै हावा चल्दा शीतलहर सुरु भएको हो । गत सोमबारदेखि जाडो बढे पनि बुधबारदेखिको चिसो सिरेटोले जनजीवन कष्टकर बनेको छ ।

कठ्याङग्रिने जाडाले सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र मजदूर वर्गलाई असर पु¥याएको छ । शीतलहरका कारण यसवर्ष सबैभन्दा बढी चिसो मङ्गलबार र बुधबार मापन गरिएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले जनाएको छ ।

चार दिन अघिसम्म अधिकतम २३ डिग्री सेल्सियस तापक्रम रहेको कैलालीमा आज न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम १५ डिग्री सेल्सियस रहेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडोको महसुस बढी हुने गर्दछ ।

चिसोका कारण बजार क्षेत्रमा चहल पहलमा कमी आएको छ । यस्तो मौसममा कोल्ड डायरिया, निमोनियाँ, ज्वरो र रुघाखोकीका बिरामीलाई बढी सताउने हुँदा चिसोबाट जोगिन सर्वसाधारणलाई चिकित्सकले सुझाएका छन् ।

केही दिन शीतलहर जारी रहेमा आलु, गोलभँेंडा लगायतको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिने भई नोक्सान पु¥याउने स्थानीयवासी रामकृष्ण रानाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?