भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
भारतबाट पक्राउ परे किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली

सारांश

  • काठमाडौँ – बैंकमा कमसल धितो राखेर ऋण दिएर घोटालाको आरोप लागेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् ।
  • कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि उनी फरार थिए ।
  • किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली लुक्न भारत पुगेका थिए ।

काठमाडौँ – बैंकमा कमसल धितो राखेर ऋण दिएर घोटालाको आरोप लागेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् ।

कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि उनी फरार थिए । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली लुक्न भारत पुगेका थिए । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा भन्दा बढी ऋण दिएको अभियोगमा प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार रहेका थिए ।

दुई वर्षअघि ०७३ जेठमा उच्च अदालत पाटनले ज्ञवालीलाई ४ वर्ष कैद र १५ करोड जरिवानाको फैसला सुनाएको थियो । ज्ञवाली फरार भएपछि  उनकी श्रीमती गौरी खनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरी ज्ञवालीलाई धनगढीबाट आज काठमाडौँ ल्याइदै भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?