तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तिन राप्रपा बिच छिट्टै एकता हुन्छ: दिपक बोहरा

सारांश

  • काठमाडौं, २०असाेज ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले बर्तमान सरकारले जनतालाई चाडवाडका समयमा महंगी थोपरेर निरंकूशता लाद्ने काम गरेको बताएका छन् ।
  • शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राणाले दुर्इ तिहार्इका नाममा कम्युनिष्ट शासनले मुलुकमा तानाशाही शासन ब्यवस्था लागू गरेको जिकिर गर्दै अब लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरु एक जुट भएर जानुपर्ने बताए ।

काठमाडौं, २०असाेज ।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले बर्तमान सरकारले जनतालाई चाडवाडका समयमा महंगी थोपरेर निरंकूशता लाद्ने काम गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राणाले दुर्इ तिहार्इका नाममा कम्युनिष्ट शासनले मुलुकमा तानाशाही शासन ब्यवस्था लागू गरेको जिकिर गर्दै अब लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरु एक जुट भएर जानुपर्ने बताए ।

‘बर्तमान सरकारले जनताको पक्षमा काम नगरी उनीहरुमा तानाशाही शासन लादेको छ, त्यसका विरुद्ध अब राष्ट्रवादी शक्तिहरु एक हुनुपर्छ ।’ उनले भने । उनले ओली सरकारले दुई तिहाइ मत लिएर देशमा विकास र सुशासन कायम गर्न भन्दा पनि विगार्न उद्यत रहेको दावि गरे । ओली सरकारले देशमा भ्रष्टाचारी, बलाल्कारीलाई संरक्षण समेत गरेको आरोप लगाउँदै स्थानीय तहमा पनि करको दायर बढाएर नेपाली जनताको ढाढ भाँच्ने काम गरेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष दीपक बोहराले तीन राप्रपा एक ठाउँमा आउनुपर्ने बताए । पूर्वमन्त्री बोहराले बलियो राष्ट्रवादी शक्ति निर्माणका लागि तीन राप्रपा मिल्नुको विकल्प नभएकोले अब  कहिल्यै नटुक्रीने बाचा सहित छिट्टै राप्रपा एक हुने  समेत बताए । उनले बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर देशलाई सनातन हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्ने बताए । ‘हिन्दु राष्ट्र स्थापनार्थ अब राष्ट्रवादी शक्तिहरुको एकताको विकल्प छैन, त्यसका लागि म सबै राष्ट्रवादी शक्तिहरुलाई एक ठाउँमा उभिन आग्रह गर्दछु ।’ उनले भने ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री विक्रम पाण्डे, महिला नेतृ कमलादेवी शर्मा लगायतले पार्टीले सबै वर्ग क्षेत्र र समुदायलार्इ एक ढिक्कामा लिएर अगाडी बढ्ने र हिन्दु राष्ट्रका पक्षमा जनलहर स्थापनार्थ अघि बढ्ने भन्दै त्यसका लागि संगठित हुन अाग्रह गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रजातान्त्रिकमा प्रवेश गर्ने सयौं कार्यकतालाई पार्टी अध्यक्ष, बरिष्ठ उपाध्यक्ष लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?