दहीजात्रा नहुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
दहीजात्रा नहुने

सारांश

  • चौतारा, ९ कात्तिकः सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ ।
  • एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ ।
  • गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष रु चार लाखको दही खरीद गरेको थियो ।

चौतारा, ९ कात्तिकः सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ । एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष रु चार लाखको दही खरीद गरेको थियो । दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ ।

त्यसै गरी हेलम्बु गाउँपालिका, पाल्चोकस्थित पाल्चोकी भगवती अर्थात् जयवागेश्वरी मन्दिर पनि दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको पालिकाले जनाएको छ । नेपाल–चीन सिमानामा पर्ने भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर नित्यपूजा र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सोही वडाबासीका लागि मात्र खुला गर्ने निर्णय भए पनि टाढाटाढादेखि बस रिजर्भ गरी भक्तजनको घुइँचो लाग्न थालेपछि सुरक्षा तथा भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बाह्रबीसलाई आग्रह गरिएको वडाध्यक्ष मुके शेर्पाले बताए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
विश्वभरी ट्विटर डाउन
विश्वभरी ट्विटर डाउन
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
निर्वाचन क्षेत्र निर्धारण समयमा होस् ः एमाले
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
डेनमार्कले नेपाललाई १४ लाख खोप दिने
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
पोर्चुगल सरकारद्वारा दश हजार नेपाली कामदार फिर्ता पठाउने तयारी….
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल