मतदातालाई सास्ती, पन्ध्र पृष्ठको मतपत्र ८०० उम्मेदवार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
मतदातालाई सास्ती, पन्ध्र पृष्ठको मतपत्र ८०० उम्मेदवार !

सारांश

  • काबुल, २६ असोज ।
  • आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका ।
  • अनि मतपत्र १५ पृष्ठको ।

काबुल, २६ असोज । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्वीरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र । एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता । अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदैछ । तर पनि अफगान नागरिकले तालिवानहरुबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनौट गर्न निकै मिहिनेत गर्नुपर्नेछ ।

अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको निर्वाचन हँुदैछ । सो निर्वाचनमा करीब दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो सङ्ख्यामा उम्मेदवारी दिइएको छ । ठूलो सङ्ख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ । यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको सङ्ख्या भने ८०० जना रहेको छ । उनीहरुलाई १५ पृष्ठको सो मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ । काबुलबाट प्राप्त समाचारमा भनिएको छ त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ ।

यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ । जसका कारण उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचार प्रसार गर्ने गरेका छन् । प्रचारका क्रममा उम्मेदवारहरुले मतपत्रमा आफ्नो तस्वीर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ । साथै उनीहरुले मतपत्रमा छापिएको आफ्नो तस्वीर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन् । प्रचार सामग्रीमा उम्मेदवारहरुले ‘यो तस्वीर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्वीर चिनाउने गरेका छन् । तर यस निर्वाचनमा पनि पहिलेजस्तै तालिवान र इस्लामिक स्टेटले कारवाही गर्ने जनाएका छन् । उनीहरुले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन् । उनीहरुले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना
मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
महानगरपालिकामा विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
भाईको हत्या आरोपमा दाई पक्राउ
भाईको हत्या आरोपमा दाई पक्राउ
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
प्रहरी वृत्त बाहिर निस्कँदासाथ अपहरण !
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
सीके राउतलाई पक्राउको तयारी
सीके राउतलाई पक्राउको तयारी
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की

तपाईंले छुटाउनुभयो कि?