उपाधी नेपालकाे नाममा, सन्दिपले बनाए किर्तिमान !
सारांश
- काठमाडाैँ २६ असाेज ।
- मलेसियामा जारी टि–ट्वान्टि विश्वकप पूर्वी एसिया छनोट प्रतियोगिताकाे उपाधी नेपालले जितेकाे छ ।
- सिंगापुरसँगकाे निर्णायक खेल वर्षाका कारण पुरा हुन नसकेपछि नेट रनरेटका अाधारमा नेपालले उपाधी जितेकाे हाे ।
काठमाडाैँ २६ असाेज । मलेसियामा जारी टि–ट्वान्टि विश्वकप पूर्वी एसिया छनोट प्रतियोगिताकाे उपाधी नेपालले जितेकाे छ । सिंगापुरसँगकाे निर्णायक खेल वर्षाका कारण पुरा हुन नसकेपछि नेट रनरेटका अाधारमा नेपालले उपाधी जितेकाे हाे । सिंगापुरकाे ब्याटिङ् सकिएर नेपालले लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल राेकिएकाे थियाे ।
टस हारेर पहिले ब्याटिङ् गरेकाे सिंगापुरले ८१ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले ८२ रनकाे लक्ष्य पाएकाे थियाे । सिंगापुरका लागि सुरेन्द्र चन्द्रमाेहनले २५ रन बनाउनु बाहेक अन्यले सम्झन लायक पारी खेलेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछनेले चार साेमपाल कामी र करण केसीले दुईदुई र ललितनारायण राजवंशीले एक विकेट लिएका थिए ।
नेपाल र सिंगापुरले असअघि नै अर्काे चरणकाे छनाेट प्रतियाेगितामा स्थान बनाइसकेका थिए भने शुक्रबार नै भएकाे खेलमा चीनलाई हराउँदै मलेसियाले पनि अाफ्नाे स्थान पक्का गरेकाे छ । दाेस्राे चरणकाे छनाेट प्रतियाेगितामा यहाँबाट छानिएका तीन टाेलिले युएइ कतार र कुवेतसँग खेल्नेछन् ।
नेपालका सन्दिप लामिछानेले एकै प्रतियाेगितामा सबैभन्दा धेरै विकेट लिएर राष्ट्रिय किर्तिमान बनाएका छन् । उनले ६ खेलमा २४ विकेट लिएका हुन् । यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा रहेको थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए । त्यस्तै, बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा सर्वाधिक २१ विकेट लिदै विनोदको कीर्तिमान बराबरी गरेका थिए ।
सन्दीपले २४ विकेट लिने क्रममा पहिलो खेलमा म्यानमारविरुद्ध ४ किवेट लिएका थिए । त्यस्तै, दोस्रो खेलमा मलेसियाविरुद्ध ५ विकेट लिए । तेस्रो खेलमा थाइल्यान्डविरुद्ध पनि उनले ५ विकेटकै सफलता दोहोर्याए ।
चौथो खेलमा भुटानविरुद्ध ३ विकेट लिएका सन्दीपले पाचौं खेलमा चीनविरुद्ध पनि ३ विकेट लिन सफल भए । अन्तिम खेलमा सन्दीपले सिंगापुरविरुद्ध ४ विकेट लिएसँगै विकेट संख्या २४ पुर्याएका हुन् ।
प्रतिक्रिया