पिपिएल फाइनल: पाेखराले पायाे १६१ रनकाे लक्ष्य !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पिपिएल फाइनल: पाेखराले पायाे  १६१ रनकाे लक्ष्य !

सारांश

  • काठमाडौं, २० कात्तिक ।
  • चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टनलाई १६१ रनको चुनौती पेश गरेको छ ।
  • पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको हो ।

काठमाडौं, २० कात्तिक । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि पोखरा पल्टनलाई १६१ रनको चुनौती पेश गरेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको हो ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे । त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए । पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए ।

 

(takes2fitness)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?