प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।  दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको तयारी र प्रदेश नं २ मा असोज २ मा गरिने निर्वाचनबारे दुई नेताबीच छलफल भएको पार्टीका नेता राजाराम श्रेठले जानकारी दिए ।  उक्त भेटमा संविधानमा निर्धारित समयसीमाभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न वरिष्ठ नेता राणाले प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?