प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित

सारांश

  • बिस्नु फडेरा,काठमाडाै, ६ कात्तिक ।
  •   प्रदेश नं ३ का भौतिक योजना विकाश मन्त्री केशव स्थापितले आफु माथि लागेको यौन दुव्र्यबहारको आरोप बारे मुख खोलेका छन् ।
  • तत्कालिन काठमाडाै महानगरपालिकामा कार्यरत रश्मिला प्रजापतिले आफुलाई केशब स्थापितले यौन दुव्र्यबहार गरेको र जसले गर्दा आफुले जागिर छोड्नु परेको बताएकी थिइन् ।

बिस्नु फडेरा,काठमाडाै, ६ कात्तिक ।  प्रदेश नं ३ का भौतिक योजना विकाश मन्त्री केशव स्थापितले आफु माथि लागेको यौन दुव्र्यबहारको आरोप बारे मुख खोलेका छन् । तत्कालिन काठमाडाै महानगरपालिकामा कार्यरत रश्मिला प्रजापतिले आफुलाई केशब स्थापितले यौन दुव्र्यबहार गरेको र जसले गर्दा आफुले जागिर छोड्नु परेको बताएकी थिइन् ।

मन्त्री स्थापितले प्रजापतिको यो आरोपलाई मानसिक बिमारको संज्ञा दिंदै खण्डन गरेका हुन् । स्थापितले शिखरन्यूजसँग बोल्दै उक्त कुराको खण्डन गरेका हुन् । मन्त्री स्थापितले आफु तत्कालिन मेयर भएको बेला प्रजापति करारमा जागिर गरेको थाहा पाएको तर उनीसंग भेट नभएको बताए । ‘उनी करारमा थिइन् भेटघाट नै हुंदैन थियो, हाम्रो अफिस नै फरक थियो कसरी भेट हुनु ।’ स्थापित थप्छन् ‘कुनै कुनै बेला योजना आयोगको मिटिङको समय फाइल लिएर आएको होला तर मलाई त त्यो पनि याद छैन, अनि कसरी यौन हिंसा गरे ?’ स्थापित उल्टै आरोप लगाउँछन् ‘कतै उनकै पो मानशिक सन्तुलन कमजोर भएको हो की ’ प्रजापतिलाई जागिरबाट निकालेको कुरालाई भने स्थापित स्वीकार गर्दै भन्छन् ‘तर यौन प्रस्ताव अस्विकार गरेकै कारण जागिरबाट निकालिएको भन्ने विषय चाँहि हुँदै होइन ।’ करारमा जागिरे रहेकी उनले आफुखुशी गर्न र कसैलाई टेर्न छोडेकी सबैको सहमतिमा निकालिएको स्थापित दावी गर्छन् ।

पावरवाला कसैको सिफारिसमा प्रजापति महानगरपालिकामा आएकी र जागिरमा राखिएको मन्त्री स्थापितले बताए । तर १५ वर्ष अघिको कुरा उनले किन यतिबेला आएर सार्वजनिक गरिन् भन्ने कुराले आफु अचम्ममा परेको उनको भनाई छ । तीन वर्ष अघि पनि उनले यो विषय चर्काउन खोजेको तर त्यतिकै सेलाएर गएको स्थापितले दावी गरे । यत्रो वर्ष चुप लागेर बस्ने अनि अहिले आरोप लगाउँदै हिडेको देख्दा आफु छक्क परेको उनले बताए । ‘अब त अति भयो केस गर्नु पर्ला जस्तो छ ’ स्थापित भन्छन् ‘चुप लागेर बसे आफ्नै चरित्रहत्या होला भन्ने डर भइसक्यो ।’

मन्त्री स्थापितले अहिले चलेको याैनदुर्व्यबहार विरुद्धको अभियान एकदम सहि भएको बताउंदै अभियानका नाममा तथ्यहिन आरोप लगाउनेहरुले अभियान नै धमिलो बनाइदिने आरोप लगाए । तथ्यहित आरोप लगाउँदै हिड्दा यस्तो जायज अभियान पनि ओझेलमा पर्न सक्ने उनले आशंका गरे ।स्थापित दोस्रोपटक मेयर भएर महानगरपालिका जाँदा प्रजापति हाकिम भइसकेको र यदि आफुले त्यस्तै दुव्र्यवहार गरेको भए किन त्यतिबेला केही नबोलेको भनेर उल्टै प्रजापतिलाई प्रश्न गर्छन् ।

उनले लेखेकी छिन् ’१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु। उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन्। मलाई थाह छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन्। हामी बोल्न नसक्ने होइनौं। हामी हाम्रो आवाज उठाउन सक्छौं। हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो।’

तर मन्त्री स्थापित भन्छन्’ प्रजापति र म संगै रहेर बहस गरूम यदि सत्य छिन् भने टेवलटक दगरूम नत ! हाेइन भने किन मान्छेलाइ मानसिक तनाव दिने ।’

तपाईले गाडि पठाएर लिन पठाउनु भयो, मोबाइलमा म्यासेज पठाउनु भयो भन्ने आरोप लगाउनु भएको छ नी ? भन्ने शिखरन्यूजको प्रश्नमा मन्त्री स्थापित भन्छन् ‘त्यतिखेर गाडी चालक को को थिए ? कस्लाइ लिन पठाएँ ? त्यो रेकर्ड हेर्दा हुन्छ । यदि मैले उस्लाइ आँखा झिम्काए कि ? उनलाइ कुन अंगमा छोए कि ? छुन खोजे कि ? त्यो सबै बताउनु पर्यो नि ।’ उनी कड्कीए ‘त्यतिकै यौनहिंसा गर्न खोज्यो भनेर चर्चा कमाउन खोजेर हुन्छ ? 

यौन र्दुव्यबहार बिरुद्ध चलाइएको ह्यास्ट्याग मि टु अभियानमा हाल बलिउडका चर्चित हस्तीहरुलाई यौनहिंसाको आरोप लगाएर कतिको जागिर खोसिएको छ भने कतिले मुद्धा खेप्नु परेको छ । यो अभियानले नेपालमा पनि प्रबेश गरेसंगै यौन हिंसाको आरोप खेप्ने मन्त्री स्थापित पहिलो हाइप्रोफाइल व्यक्ति हुन् ।    भारतमा  ह्यास्ट्याग मि टु अभियानका कारण अनु मलिकले चर्चित रियालिटी साे इन्डियन अार्इडल १० काे जर्जबाट हात धुनु परेकाे छ भने अभिनेता नाना पाटेकरले मुद्धा खेप्नु परेकाे छ ।

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन्।

यसै बिषयमा मन्त्री स्थापित संग गरिएकाे भिडियाे अनतर्वाता पछि अपलाेड हुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?