सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सन्दिपकाे अर्काे किर्तिमान, बिग ब्यास लिग खेल्ने पहिलाे एसाेसिएट खेलाडी !

सारांश

  • काठमाडाै, ७ कात्तिक ।
  • नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) खेल्ने भयका छन ।
  • सन्दिपलाई बिबिएलकाे चर्चित क्रिकेट क्लब मेलबर्न स्टारले ६० हजार अमेरिकि डलरमा अनुबन्धन गरेको हो।

काठमाडाै, ७ कात्तिक । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको घरेलु टि-२० क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) खेल्ने भयका छन । सन्दिपलाई बिबिएलकाे चर्चित क्रिकेट क्लब मेलबर्न स्टारले ६० हजार अमेरिकि डलरमा अनुबन्धन गरेको हो। यससँगै उनी बिबिएल खेल्ने एसाेसिएट राष्ट्रका पहिलाे खेलाडि समेत भएका छन् ।

बिबिएल विश्वका सबैभन्दा बढि हेरिने घरेलु क्रिकेट लिग मध्येकाे एक हाे । मंगलबार मेलबर्न स्टार्सले सन्दिप अाफ्नाे टाेलीबाट खेल्ने कुरा सार्वजनिक गरेकाे थियाे । उक्त  प्रतियाेगिता डिसेम्बर २९ बाट सुरु हुनेछ ।

यस वर्षकाे सूरुदेखि सन्दिपले विश्वका ठूला क्रिकेट लिगहरु खेलिसकेका छन् । इन्डियन प्रिमियर लिग, क्यानडाको ग्लोबल टि-२० लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग (एपिएल) अादी यसका उदाहरण हुन् । यी बाहेक बंगलादेश प्रिमियर लिग बिपिएल खेल्ने पनि लगभग पक्का भएकाे छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?