भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
४८ पटक हेरिएको
Shares
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत

सारांश

  • काठमाडौं,२१ कात्तिक।
  • प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
  • मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न सबैलाई आह्वान गरे।

काठमाडौं,२१ कात्तिक। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको उल्लेख गर्दै प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न सबैलाई आह्वान गरे। प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धि गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताए।

उनले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए। मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सारे। कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए। उनले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराए।  कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन सुझाव दिएका थिए।

https://www.eyesolutions.in/buy-xanax-from-india/”>www.eyesolutions.in)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?