२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
सारांश
- काठमाडौं ।
- बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो ।
- छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाडा लिन्छौ ?
काठमाडौं । बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाडा लिन्छौ ?’
मंगोलियन अनुहारका सहचालकले चलाखीपूर्ण ढंगले जवाफ दिए, ‘१२ रुपैयाँ ।’ उनको जवाफ अनुगमन टोलीले पत्याएन । किनभने बस चढ्नासाथ प्रतियात्रु १३ रुपैयाँ न्यूनतम भाडा निर्धारण गरिएको छ र सहचालकले तोकिएभन्दा कम लिने कुरा भएन । टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले ‘होइन होला’ भनेर सहचालकलाई प्रश्न सोध्न मात्र पाएका थिएनन् । ढोका छेवैको सिटमा बसेका एक यात्रुले जवाफ दिए, ‘बसले १२ होइन, १५ रुपैयाँ लिन्छ ।’ यात्रुको जवाफ सुनेर सहचालक हच्किए । बढी भाडा लिएको थाहा पाएपछि अनुगमन टोलीले जरिवानाको कारबाही गर्यो । नयाँ पत्रिकामा खबर छ ।
अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा गत मंगलबारदेखि प्रत्येक दिन ५ टोली खटाएर विशेष अनुगमन थालिएको छ र त्यसमध्ये एउटा टोली यातायात क्षेत्रमा बढी भाडा असुल्ने चालक र सहचालकलाई कारबाहीका लागि खटिएको छ ।
टोलीप्रमुख तथा विभागका निरीक्षक विष्णुप्रसाद सुवेदीले अनुगमनका क्रममा अधिकांश सार्वजनिक बस, माइक्रो, टेम्पोले यात्रुसँग २–३ रुपैयाँ बढी भाडा लिने गरेको भेटिएको बताए ।
‘१३ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा यात्रुले १५ रुपैयाँ दिनुपरेको भेटियो,’ उनले भने, ‘त्यस्तै १७ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा सहचालकले यात्रुबाट २० रुपैयाँ असुल्ने गरेको भेटिएको छ ।’ बढी भाडा असुल्ने प्रत्येक बसलाई यातायात व्यवस्था ऐनअनुसार ५ हजार जरिवानाको रसिद काट्ने गरेको उनले बताए ।
‘यात्रुलाई २–३ रुपैयाँ ठग्ने बसलाई ५ हजार रुपैयाँ जरिवना तिराउँदै आएका छौँ,’ उनले भने ।
प्रतिक्रिया