नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित

सारांश

  • काठमाडाै, ७ कात्तिक ।
  • नेपाली कांग्रेसकाे  भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् ।
  • नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेशन नहुने पक्का जस्तै भएको छ भने यही विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ ।

काठमाडाै, ७ कात्तिक । नेपाली कांग्रेसकाे  भातृ संगठन नेविसंघको विवाद मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् । नेतृत्वले कुनै निर्णय गर्न नसकेपछि नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेशन नहुने पक्का जस्तै भएको छ भने यही विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ ।

खासगरी नेविसंघमा ३२ वर्षे हदम्याद सहितको विधान काँग्रेस केन्द्रीय समितिमा बहुमतले पारित भएपछि नेताहरुमा बढेको असमझदारीले गर्दा पार्टी बैठक नै अनिश्चित भएको हाे ।तर, काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा भने चाँडै केन्द्रीय समिति बैठक बोलाउने दाबी गर्छन् ।२१ असोजमा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गरेको थियो ।

तर, त्यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले नोटअफ डिसेन्ट लेखेका थिए । त्यसयता दर्जनौँ निर्णयहरुलाई कार्यान्वयन गर्न लगातार काँग्रेस बैठक बस्नुपर्ने भएपनि काँग्रेस नेताहरु संवादविहीन भएर बसेका छन् । असोज २१ गते मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि देउवा इतरका नेताहरू असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?