क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
१६ पटक हेरिएको
Shares
क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित

सारांश

  • नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ ।
  • उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो ।
  • आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो ।

आज राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाउनुभयो । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी हुनुभयो । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी हुनुभयो । श्रेष्ठले ४१ तथा उहाँका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाउनुभयो । सचिवमा प्याकुरेलले ४३ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सिंहले ४५ मत प्राप्त गर्नुभयो भने उपेन्द्र भट्टराईले १२ मत पाउनुभयो ।

यस्तै केन्द्रीय सदस्यमा प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वा्चित हुनुभयो । खुलातर्फ केन्द्रीय सदस्यमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र करन महोत्रा क्षेत्री निर्वा्चित हुनुभयो । यसअघि आजै केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वा्चित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Zoho Mail – New login activity
आत्मघाती गोलमा चेल्सीको पराजय
आत्मघाती गोलमा चेल्सीको पराजय
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
पाँचथरमा दुई परिवारका ९ जनाकाे विभत्स हत्या, एक गम्भीर घाइते (नामसहित)
पाँचथरमा दुई परिवारका ९ जनाकाे विभत्स हत्या, एक गम्भीर घाइते (नामसहित)
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
हुलाकका टाइपिस्ट प्रेम सिंह कार्की अख्तियारको फन्दामा
हुलाकका टाइपिस्ट प्रेम सिंह कार्की अख्तियारको फन्दामा

तपाईंले छुटाउनुभयो कि?