अफगानी नागरिक द्वारा चक्कु प्रहार, सात जना घाइते !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अफगानी नागरिक द्वारा चक्कु प्रहार, सात जना घाइते !

सारांश

  • पेरिस, २५ भदौ ।
  • पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् ।
  • आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो बनेको थियो ।

पेरिस, २५ भदौ । पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो बनेको थियो । पीडितमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ । आक्रमणकारी अफगानी नागरिक रहेको अनुमान गरिएको छ र उनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना आतङ्ककारी हमला हो होइन भन्ने एकिन नभएको प्रहरीले जनाएको छ ।

पेरिसको उत्तरी इलाका बास्सिन डे ला भिलेट स्थानीयबासीका साथै पर्यटकहरुको राम्रै जमघट हुने स्थान हो । यहाँ बैंकहरु, कफी पसल, चलचित्र प्रदर्शन स्थल र अरु सांस्कृतिक स्थलहरु रहेका छन् । प्रत्यक्षदर्शी युसुफ नजाहले एकजना व्यक्ति २५–३० सेन्टिमिटर लामो चक्कु बोकेर दौडिएर मानिसहरुतिर आएको आफूले देखेको बताए । “करिब २० जनाले त्यो व्यक्तिलाई लखेटेर समात्ने प्रयास गरिरहेका थिए ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?