यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने

सारांश

  • असार ९, काठमाण्डौ ।
  • सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने भएको छ ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको हो ।

असार ९, काठमाण्डौ । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको हो ।

सार्वजनिक यातायात क्षेत्रलाई सीमित यातायात व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न यातायात व्यवस्था विभागले गत चैतमा कम्पनीमार्पmत दर्ता भएका सवारीलाई मात्र रुट इजाजत दिने नीतिगत व्यवस्था गरेको थियो । तर, त्यहि व्यवस्थालाई बैशाखमा सरकारले असार मसांतदेखि दर्ता भएका यातायात खारेज गर्ने निर्णय गरेको थियो ।

वर्षौँदेखि सार्वजनिक यातायातमा कष्टपूर्ण यात्रा गर्न बाध्य भएका सर्वसाधारणसमेत सिन्डिकेट प्रणालीको अन्त्य हुनेमा विश्वस्त थिए । सरकारले गठन गरेको समितिले अध्ययनका लागि थप समय माग्ने तयारी गरेसँगै सिन्डिकेट अन्त्य गर्ने नाममा व्यवसायीको हितमा का हुने हो कि भन्ने आशंका उब्ज्एिको छ । गृह मन्त्रालयले व्यवसायीको हित हुने गरी अध्ययनकै लागि करिब तीन महिना म्याद थप्ने तयारी गरेको हो ।

साउनदेखि नै यातायात क्षेत्रमा देखिएको सिन्डिकेट प्रणाली पूर्ण रूपमा अन्त्य गर्न असम्भव देखिएपछि तीन महिना थप गर्ने गृहकार्य भईरहेको छ । यातायात क्षेत्रका सरोकारवालासँग गहन छलफल गरी नीति तयार पार्न समय थप्न लागिएको हो । सिन्डिकेट अन्त्यका लागि गर्नुपर्ने अध्ययन अवधिभरका लागि समितिमा दर्ता भएका सार्वजनिक यातायातलाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भईरहेको छ ।

गृह मन्त्रालयले गत जेठ १८ गते ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । विभागले अहिलेसम्म प्रदेश ६ र ७ को राजमार्ग र सहायकको मात्रै रुट अध्ययन सकेको छ । साना र भित्री सडकको रुट अध्ययन अहिलेसम्म हुन सकेको छैन । अध्ययन प्रतिवेदन तयार गर्न अझै ७÷८ महिनाको समय लाग्नेछ ।

तर विभागको रुट अध्ययन सकिएपछि भने सिन्डिकेटको जालो पूर्ण रूपमा सकिने विश्वास लिइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Pitambar Adhikari

    स्वार्थकाे जालाे महासेठकाे जस्केलाेबाट छिरेछ जस्ताे छ !!

    Comment Author

    Meera Heju

    हल्लैहल्लाको देश हो यो ।यहाँ सरकारले होइन दलालहरुले शासन चलाउंछन ।सरकार कहाँ छ ? कुनै मन्त्री भन्छन सिन्डिकेट हटाउने भन्छन, कुनै मन्त्री ल हेरौ कसरी हटाउदो रहेछ सिन्डिकेट भन्छ। हुंदा हुंदा बस ब्यबसायिहरु औलो नै ठडाउदै खबरदारी गर्छन् ।अनि मर्ने र पर्ने त हामी निमुखा जनता न हौं , ट्वाल्ल पर्दै हेर्दै अनि भोग्दै बस्ने त हो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?