यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
सारांश
- काठमाडाै, ७ कात्तिक।
- बुधबार ३ बजेका लागि तय गरिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
- यसअघि सोमबार (५ कार्तिक) मा भएको बैठकले आज अपरान्ह ३ बजेका लागि बैठक तय गरेको थियो।
काठमाडाै, ७ कात्तिक। बुधबार ३ बजेका लागि तय गरिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। यसअघि सोमबार (५ कार्तिक) मा भएको बैठकले आज अपरान्ह ३ बजेका लागि बैठक तय गरेको थियो। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ततालाई आधार बनाउँदै बैठक स्थगित गरिएको हो।
मंगलबारसम्म दाङमा रहेका बरिष्ठ नेता माधव नेपाल बैठकका लागि काठमाडौँ आइपुगेका थिए, तर दिउसो करिव २ बजेतिर बैठक स्थगित गरियो।बैठक भोलि विहान ११ बजेका लागि तय गरिएको छ। तर बैठकमा दुई जना नेता सहभागी हुने छैनन्। प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा रक्षामन्त्री चीन भ्रमणमा गएकाले सचिवालयका ७ सदस्यको उपस्थितिमा बैठक हुनेछ। यसअघि झण्डै २ हप्तापछि नेकपा सचिवालयको बैठक ४(५ असोजमा भएको थियो।
प्रतिक्रिया