याैन अखडामा प्रहरीकाे छापा, एक कार्टुन कण्डम बरामद !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
याैन अखडामा प्रहरीकाे छापा, एक कार्टुन कण्डम बरामद !

सारांश

  • नेपालगन्ज, ८ कात्तिक ।
  • बाँकेको नेपालगन्ज रहेको एक यौन अखडामा वडा प्रहरी कार्यालय नेपालगन्जले बुधबार छापा मारेको छ ।
  • नेपालगन्ज ४ बाइपासरोडमा रहेको एक होटलमा प्रहरीले यौन कार्यमा लिप्त रहेको अवस्थामा एक जोडि सहित यौन अखडा सञ्चालिकालाई समेत नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज, ८ कात्तिक । बाँकेको नेपालगन्ज रहेको एक यौन अखडामा वडा प्रहरी कार्यालय नेपालगन्जले बुधबार छापा मारेको छ । नेपालगन्ज ४ बाइपासरोडमा रहेको एक होटलमा प्रहरीले यौन कार्यमा लिप्त रहेको अवस्थामा एक जोडि सहित यौन अखडा सञ्चालिकालाई समेत नियन्त्रणमा लिएको छ । उक्त स्थानमा केही महिनायता अस्थायी प्रहरी पोष्ट बसपार्कको संरक्षणमा यौन अखडा चलिरहेको स्थानीयहरु बताउछन् ।

५ तले घरको माथिल्लो तला भाडामा लिएर केही महिनायता नेपालगन्ज १ की शाह भरकी महिलाले खुलेआम यौन धन्दा सञ्चालन गर्दै आएकी थिइन् । लामो समयको प्रयासपछि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीको नेतृत्वमा गएको टोलिले रङ्गेहात एक जोडिलाई फेला पारेको हो ।

प्रहरीले खानतलासी गर्ने क्रममा उक्त स्थानबाट प्रयोग गरिएका १ कार्टुन कण्डम समेत बरामद गरेको छ । यौन कार्यमा लिप्त रहेको अवस्थामा फेला पर्नेमा बर्दिया घर भएकी १८ बर्षिया सिह थरकी युवती र नेपालगन्जको कारकाँदो घर भएका यादव थरका युवक रहेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । सञ्चालिका शाह सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार छापा मार्ने सुँईको पाएपछि उक्त अखडाबाट चार जोडि पहिले नै बाहिरिसकेका थिए ।

पछिल्लो समय नेपालगन्ज लगायतका अन्य स्थानहरुमा प्रहरीकै संरक्षणमा खुलेआम यौन अखडाहरु चलिरहेको मिडियामा सार्वजनिक भइरहेको छ । कमजोर सरकारी संयन्त्रको फाइदा उठाउँदै पछिल्लो समय अवैध यौन अखडाहरु सञ्चालन भएपछि प्रहरीले सक्रियता देखाउन थालेको हो ।प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाउन थालेको गुनासो आइरहेका बेला यौन अखडामा छापा मार्नुलाई स्थानीयले सकारात्मक कार्य भनेका छन् ।

बुधबार मात्र राँझाको ‘किमु होमस्टे’मा प्रहरीकै संरक्षणमा खुलेआम यौनधन्दा चलिरहेको बारे  समाचार प्रकाशन भएकाे  थियो । नेपालगन्जका विभिन्न स्थानहरुमा अझै पनी ठूला यौन अखडाहरु सञ्चालनमा रहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?