देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार हुबहु जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
देउवा सरकारले ल्याएको अध्यादेश डा. केसीको मागअनुसार  हुबहु जारी

सारांश

  • अध्यादेश जारी, तर विधेयकबाट परिमार्जन गर्ने सरकारको तयारी –  देउवाको अध्यादेश नै हुबहु जारी डा.
  • गोविन्द केसीको माग सम्बोधन गर्न देउवा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो ।
  • सो अध्यादेश ६० दिनभित्र (२१ फागुनमा संसद् सुरु भएकाले २० वैशाखभित्र) संसद्बाट अनुमोदन हुनुपर्ने थियो ।

अध्यादेश जारी, तर विधेयकबाट परिमार्जन गर्ने सरकारको तयारी –

 देउवाको अध्यादेश नै हुबहु जारी

डा. गोविन्द केसीको माग सम्बोधन गर्न देउवा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो । सो अध्यादेश ६० दिनभित्र (२१ फागुनमा संसद् सुरु भएकाले २० वैशाखभित्र) संसद्बाट अनुमोदन हुनुपर्ने थियो । तर, अघिल्लो अधिवेशनमा यो विषयले प्रवेश पाएन, नयाँ अधिवेशन २३ वैशाखबाट मात्र सुरु हुँदै छ । त्यसैले म्याद जानुअघि सरकारले पुरानै अध्यादेश राष्ट्रपतिबाट जस्ताको तस्तै जारी गराएको छ ।

 प्रतिस्थापन विधेयकमा फरक व्यवस्था हुने

२३ वैशाखमा सुरु हुने संसद्मा अध्यादेश प्रस्तुत हुनेछ । त्यतिन्जेलसम्म देउवाले ल्याएको कानुनमा ओली सरकारको समर्थन छ । तर, अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने संसदीय नियम हुन्छ । प्रतिस्थापन विधेयकमा भने सरकारले आफ्ना चासोका विषय समेट्ने तयारी गरेको छ । अध्यादेशलाई समर्थन गरेका डा. केसीले प्रतिस्थापन विधेयकलाई कसरी लिन्छन् ? प्रतीक्षाको विषय बन्नेछ ।

सरकारले आफ्नो चासो विधेयकमा राख्छ : गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

संघीय संसद्को पहिलो बैठक बसेको आगामी २० गते ६० दिन पुग्दै छ । त्यसअघि नै अध्यादेश पारित हुनुपर्छ । तर, २३ वैशाखबाट मात्रै संघीय संसद्को दोस्रो अधिवेशन प्रारम्भ हुने भएकाले अध्यादेश स्वतः खारेज हुनुअघि यो सरकारले अघिल्लो अध्यादेश नै जस्ताको तस्तै ल्याएको हो । अघिल्लो अध्यादेशमा ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लेखिएको थियो, यसपालि ‘२०७५’ लेखिएको छ । त्यस्तै, अघिल्लो अध्यादेशमा शिक्षामन्त्री गोपालमान श्रेष्ठको हस्ताक्षर थियो, यसपालि गिरिराजमणि पोखरेलको हस्ताक्षर छ । त्यसबाहेक अध्यादेशको विषयवस्तुमा कमा र फुलस्टप पनि परिवर्तन गरिएको छैन । बीचमा केही विवाद नहोस् भनेर सरकारले अध्यादेश दोहोर्‍याएको हो ।

माफियामुखी ऐन आउन सक्छ, खबरदारी जारी छ : डा. केसी

संसद्को बैठक बस्न नसकेर पुरानो अध्यादेश खारेज हुन लागेको वेला सरकारले नयाँ अध्यादेश ल्याएकोमा डा. गोविन्द केसीले सन्तोष व्यक्त गरेका छन् । आगामी संसद् बैठकले यसलाई विधेयकको रूपमा पारित गर्ने उनको विश्वास छ । ‘मैले विगतदेखि नै माफियामुखी ऐन बनाउन नहुने अडान दोहोर्‍याउँदै आएको छु । पुरानो अध्यादेश ठीक थियो, नयाँ सरकारले पनि त्यही अध्यादेश दोहोर्‍याएको छ । चिकित्सा शिक्षा अध्यादेश २०७५ संसद्बाट पास गरी जतिसक्दो चाँडो चिकित्सा शिक्षा आयोग गठन गरोस् भन्ने अपेक्षा छ,’ डा. केसीले भने, ‘तर, फेरि पनि माफियामुखी ऐन आउन सक्छ, खबरदारी जारी छ ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान : प्रधानमन्त्री
दशैँ, तिहारको साइत पात्रो (पञ्चाङ्ग) मै राख्न माग
दशैँ, तिहारको साइत पात्रो (पञ्चाङ्ग) मै राख्न माग
मन्त्री क्वार्टरको टहरामा आगलागी
मन्त्री क्वार्टरको टहरामा आगलागी
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
यस्ता छन् प्रहरीका ८ विवादास्पद इन्काउन्टर
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !

तपाईंले छुटाउनुभयो कि?