विद्युत प्राधिकरणले किन दियाे चेतावनी ?
सारांश
- काठमाडौं, ६ जेठ ।
- नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन लार्इ चेतावनी दिएकाे छ ।
- प्राधिकरणले आयोजनाको काम तोकिएकै समयमा नसके ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएको हाे ।
काठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन लार्इ चेतावनी दिएकाे छ ।
प्राधिकरणले आयोजनाको काम तोकिएकै समयमा नसके ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएको हाे । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२÷३३÷११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण पश्चात ताकेता गरेको हो । ताकेता गर्दा पनि निर्धारित समयमा काम सम्पन्न हुने गरी अघि नबढाए कारवाही हुनसक्ने बताइएको छ ।
काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको प्राधिकरणद्वारा आईतवार जारी प्रेस नोटमा जनाइएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए । त्यस लगत्तै घिसिङ आफै अनुगमनमा पुगेका हुन् ।
मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारण लाइन तथा सव स्टेसन र त्यस क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियाे ।
कार्यकारी निर्देशक घिसिङको भनाई उध्रित गर्दै प्रेस नोटमा ‘प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु, तपाईहरु साइटमा काम गर्नुहोस् ।’ कार्यकारी निर्देशक घिसिङले चेतावनीको भाषामा निर्देशन दिए, ‘निर्माण प्रगतिको नियमित अनुगमन हुन्छ, समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनुपर्छ ।’
सोही करिडोर अन्तर्गत निजी क्षेत्रका २१७।५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३।५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना ९पेनाल्टी० तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता ९पीपीए०मा छ ।
कार्यकारी निर्देशक घिसिङले फिल्डमै ठेकेदार कम्पनी प्रवन्धकलाई चेतावनी दिंदै भने, ‘यदि प्रसारण लाइन तथा सव स्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नु पर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्ने छौं ।’
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९को मार्चमा सक्ने लक्ष्य छ । तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया ९सिराहा० ९० किलोमिटर प्रसारण लाइन आयोजनाले ३०३ टार निर्माण गर्नुपर्नेछ । त्यसमध्ये हालसम्म जम्मा ५० वटा मात्रै टावरको जग हालिएको छ भने पाँचवटा टावर तयार गरिएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले जानकारी दिए ।
ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सब स्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ । बर्षायामसहित अब ६ महिना मात्रै समय बाँकी छ ।
अनुगमनको क्रममा सव स्टेसन निर्माणमा ४२ जना मात्रै श्रमिक खटिएका छन् । ठेकेदार कम्पनीले एक हप्ताभित्रमा श्रमिक संख्या थप गर्ने प्रतिबद्धता जनाएको छ नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
टोलीले तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि स्थलगत निरीक्षण गरेको थियो । तल्लो सोलुको समग्र निर्माण प्रगति करिव ५० र ८५ प्रतिशत रहेको आयोजनाहरुले जनाएका छन् ।
प्रतिक्रिया