नेपालको कृषि उत्पादन बढाउन सहकार्य गर्दै कतार
सारांश
- नेपाली युवाको रोजगारीको मुख्य गन्तव्य मध्येको एक कतारले नेपालको कृषि क्षेत्रम समेत लगानी गर्न खोजेको नेपाली अधिकारीले बताएका छन् ।
- राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने कतार भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भए पछि कतारले नेपालको कृषि क्षेत्रमा लगानी र सहकार्य गर्न चाहेको स्पष्ट भएको हो ।
- मंगलवार भएको समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ ।
नेपाली युवाको रोजगारीको मुख्य गन्तव्य मध्येको एक कतारले नेपालको कृषि क्षेत्रम समेत लगानी गर्न खोजेको नेपाली अधिकारीले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने कतार भ्रमणका क्रममा कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भए पछि कतारले नेपालको कृषि क्षेत्रमा लगानी र सहकार्य गर्न चाहेको स्पष्ट भएको हो ।
मंगलवार भएको समझदारीमा माछा, पशुपालन र कृषिमा सहकार्य गर्ने भनिएको छ । नेपालबाट निर्यात हुँदै आएका अलैची र अदुवाजस्ता व्यवसायिक बालीलाई कतारले आफ्नो बजारमा सिधै पहुँच दिने संकेत गरेको पनि भ्रमणमा संलग्न अधिकारीले बताएका छन् । अहिले ती नगदे बाली भारत र भारतको बाटो हुँदै अन्य मुलुकहरुमा निर्यात हुदै आइरहेको छ ।
नेपालमा उत्पादकत्व बढाउन कतारको विज्ञता रहेको आधुनिक प्रविधि र प्रशोधन उद्योगलाई नेपाल ल्याउन खोजिएको पनि कृषि विकास तथा पशुपंक्षी मन्त्रालयका प्रमुख तेजबहादुर सुवेदीले बताए । सुवेदीका अनुसार मस्त्यपालन, कृषि र पशुपंक्षीको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता उपलव्ध गराउन कतार सरकारको रुचि अनुसार सहकार्य गरिने छ ।
प्रतिक्रिया