मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड

सारांश

  • बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ ।
  • विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् ।
  • यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेकै समयमा अवलोकनका लागि आन्तरिक पर्यटकहरु दैनिक रुपमा बढ्दै जान थालेको हो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा निर्माणाधीन खुला मूर्तिकला कार्यशाला अवलोकनका लागि आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । विसं २०७३ मा स्थापना भएको गलकोट कला प्रतिष्ठानले टेउवामा निर्माण थालेको खुला सङ्ग्रहालय निर्माण स्थलमा भइरहेको मूर्तिकला कार्यशाला अवलोकनका लागि दैनिक एक हजारदेखि एक हजार ५०० आन्तरिक पर्यटक आउन थालेका हुन् । यही फागुन ५ गतेदेखि टेउवामा शुरु अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला जारी रहेकै समयमा अवलोकनका लागि आन्तरिक पर्यटकहरु दैनिक रुपमा बढ्दै जान थालेको हो ।

विदेशी दश र नेपाली पाँच जना मूर्तिकार सहभागी रहेको कार्यशालामा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेपछि निर्माण भएका मूर्ति हेर्नका लागि विभिन्न विद्यालय, सङ्घसंस्था, पत्रकार कर्मचारी तथा विदेशी पर्यटकहरुसमेत आइरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । “नेपालमै निकै फरक तथा अनौठो किसिमको काम भएकाले मानिसहरु हेर्नका लागि उत्साहित भएको पाइयो” रानाले भन्नुभयो, “अवलोकनका लागि आएका आन्तरिक पर्यटक, विद्यार्थीको भीडका कारण मूर्ति निर्माण स्थलमा शान्तपूर्वक अवलोकन गराउन प्रहरी नै परिचालन गर्नुपरेको छ ।”

मूर्तिकला कार्यशालाको अवलोकनका लागि आउने विद्यार्थी तथा पर्यटकको भीड बढ्दै गएपछि लाइनमा राखेर दृश्यावलोकन गराउने गरेको नेपाल प्रहरीका हवल्दार यदुनाथ पन्तले जानकारी दिनुभयो । कार्यशालामा मूर्तिकारहरुले भावना, संस्कार, संस्कृति, सङ्घर्ष, प्रकृति, पानी र जीवन झल्काउने कलात्मक मूर्ति तयार पारिरहेको कार्यशालाको संयोजक तथा मूर्तिकार ओम खत्रीले बताउनुभयो । मूर्तिकला कार्यशाला अवलोकनका लागि ४० जना शिक्षक तथा विद्यार्थी लिएर टेउवामा आएको गलकोट नगरपालिका–६ भुजुङ्गे आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ गौतमले जानकारी दिनुभयो ।

मूर्तिकारले निर्माण गरेका मूर्तिहरु जुन दृष्टिकोणबाट हे¥यो त्यस्तै देखिएको भन्दै तस्बिरले विभिन्न भावनात्मक कुरा समेटेको अवलोकनकर्ता गौतमको भनाइ रहेको छ । कार्यशाला शुरु भएपछि भारत तथा नेपालका विभिन्न जिल्लाबाट झण्डै ६ हजार पर्यटकले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । अवलोकनका लागि पर्यटकहरु आउन थालेपछि पर्यटकहरुको रेकर्ड राख्नसमेत शुरु गरिएको छ ।

कार्यशालामा जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ्ग, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्जलुइज र युक्रेनबाट मूर्तिकार ल्युड्मेलले कार्यशालामा मूर्ति तयार पारिरहेका छन् । केहीले मूर्ति तयार पारिसकेको र केही कलाकारहरुले मूर्ति निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति निर्माण गरिरहेको कला प्रतिष्ठानका सचिव सुनमाया ढकालले जानकरी दिनुभयो ।

स्थानीयले निर्माणाधीन खुला सङ्ग्रहालयका लागि २३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको कला प्रतिष्ठानका कोषाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । खुला सङ्ग्रहालयको २०७४ सालमा रु १२ करोडबराबरको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी काम थालिएको थियो । कोषाध्यक्ष श्रीसका अनुसार आगामी असारसम्म झण्डै रु तीन करोड खर्च भइसक्ने गरी निर्माण भइरहेको छ । कार्यशाला यही फागुन २१ गते समापन हुँदैछ । कार्यशालामा निर्माण गरिएको १७ वटाभन्दा बढी मूर्तिहरु खुला सङ्ग्रहालयमा प्रतिस्थापन गरिने जनाइएको छ ।

(Valium Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
बार्सिलोना कोपा डेल रेको फाइनलमा,रियलको मैदानमा सानदार जित
बार्सिलोना कोपा डेल रेको फाइनलमा,रियलको मैदानमा सानदार जित
मान्द्रा बुनेरै जीविकोपार्जन
मान्द्रा बुनेरै जीविकोपार्जन
राप्रपाको माग दुई तहको सरकार
राप्रपाको माग दुई तहको सरकार
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली
‘माधव कमरेडमात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’ ओली
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु
कोरोना पुष्टि भएको तेस्रो दिनमा मृत्यु

तपाईंले छुटाउनुभयो कि?