भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री

सारांश

  • अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।
  • भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राख्नुभएको हो ।
  • अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताउनुभएको हो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएकोे भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले उक्त भनाई राख्नुभएको हो ।

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले यहाँको प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताउनुभएको हो ।

“भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई भन्नुभएको छ, अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भेनेजुयलाका ‘अवैधानिक’ राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन गोप्य रूपमा रूसी सैनिक अधिकारी भेनेजुयला प्रबेश गरेकोले यसबाट भेनेजुयलाका जनता जसले ‘अन्तरिम राष्ट्रपति’हुँवा गुएइदोलाई समर्थन दिएका छन्,लाई खतरा बढेको छ, पोम्पेओले भन्नुभयो ।

गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाउनुभएको छ । अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन् ।

पोम्पेओले रूसलाई ‘गैर–रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दैआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका
दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका
दाँतले बाेका काट्ने याे परम्परा
दाँतले बाेका काट्ने याे परम्परा
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?