यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा

सारांश

  • नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
  • समितिको बुधबार बसेको बैठकले कात्तिक २३ गते विहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको बताएको हो ।
  • समितिका अध्यक्ष प्रा.

नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले कात्तिक २३ गते विहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको बताएको हो । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले दिएको जानकारी अनुसार यस वर्षको यमपञ्चक कात्तिक १९ गतेदेखि प्रारम्भ हुँदैछ ।

कात्तिक १९ गते कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि रहेको छ । त्यस्तै कात्तिक २० गते कुकुर तिहास र नरक चतुर्दशी रहेको छ । कात्तिक २१ गते कृष्ण औशीका दिन लक्ष्मीपूजा छ । लक्ष्मीपूजाकै दिनदेखि साँझ दीपावली गर्दै लक्ष्मीको विधिपूवर्क पूजाआजा गरिन्छ । लक्ष्मीपूजाकै दिन बिहान लक्ष्मीको प्रतिकको रुपमा गाईको पनि पूजा गर्ने परम्परा रहेको छ ।

कात्तिक २२ गते शुक्ल प्रतिपदाका दिन बिहिबार गोरु, कृषक र गोवर्धन पूजा गरिन्छ । यस दिन वर्षभरी हलो जोत्ने हलीको समेत पूजा गर्ने प्रचलन छ । यहि दिन नेवार समुदायमा म्ह पूजा गर्ने परम्परा रहेको छ । म्ह पूजाकै दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष पनि प्रारम्भ हुन्छ ।

कात्तिक शुक्ल द्वीतीयाका दिन अर्थात कात्तिक २३ गते भाइटीका रहेको छ । तिहारकै मुख्य दिन रहेको भाइटीकामा दिदिबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायूको कामना गर्दै अष्ट चिरञ्जिवी, यमराज, यमुना र बलिको पूजा गरी सुखशान्तिको कामना गर्दै भाइटीका मनाउने गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?