कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ  ।

सारांश

  • सुनसरी, कात्तिक १६ – मनोनयन दर्ताको पूर्व सन्ध्यामा सुनसरीमा कांग्रेसभित्र असन्तुष्टी बढेर गएको छ ।
  • कांग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतले क्षेत्र नम्बर ४ बाट टिकट नपाएपछि उहाँ असन्तुष्ट भएकाे स्रोत ले बतायकाे छ ।
  • क्षेत्र नम्बर ४ मा कांग्रेसले अर्थमन्त्री ज्ञानेन्द्रबहादु्र कार्कीलाई उम्मेदवार बनाएको छ ।

सुनसरी, कात्तिक १६ – मनोनयन दर्ताको पूर्व सन्ध्यामा सुनसरीमा कांग्रेसभित्र असन्तुष्टी बढेर गएको छ । कांग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतले क्षेत्र नम्बर ४ बाट टिकट नपाएपछि उहाँ असन्तुष्ट भएकाे स्रोत ले बतायकाे छ ।

क्षेत्र नम्बर ४ मा कांग्रेसले अर्थमन्त्री ज्ञानेन्द्रबहादु्र कार्कीलाई उम्मेदवार बनाएको छ । बस्नेतले ‘टुरिस्ट’ उम्मेदवार उठाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिने बताउनु भएको छ । तर अहिलेसम्म कसैले पनि उम्मेदवारी दिइसक्नु भएको छैन ।

नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि क्षेत्रीय अध्यक्षसम्मका प्राय सबैका मोबाइल स्वीच अफ छन् । कांग्रेस स्रोतका अनुसार असन्तुष्ट पक्ष आन्तरिक रणनीति तय गर्न ब्यस्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?