चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
चिनी पकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद , दुई महिला पक्राउ.

सारांश

  • माधव बेल्वासे, कात्तिक , कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ ।
  •     चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ ।
  • वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो ।

माधव बेल्वासे, कात्तिक , कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । 

  चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ ।वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो ।

      चिनीलाई पगालेर वाक्लो वनाई तयार पारी वनाइएको मह जस्तो तरल पदार्थ अवस्थामा राखिएको थियो । जग्गा भाडामा लिई साना झुग्गीबनाइ बसेको सो बस्तीमा प्राय सबै घरबाट चिनिमह बरामद गरिएको वडा प्रहरी कार्यलय चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले वताए । चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई बेच्नको लागि अर्घाखाची,रोल्पा,प्यूठान,दाङ्ग लाने र मौरीको मह भनि झुक्काएर बेच्ने गरेको पाइएको छ ।

  ठुलो समुहमा रहेका उनि हरुले लामो समय देखि चिनी मह बनाएर झुक्याउने गरेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले चिनी मह वनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको छ सो बस्तीबाट वस्ने हाज्रा खातुन, गुडिया खातुन लाई प्रहरीले नियन्त्रणमा लिई छानविन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । प्रहरीले मंगलबार विहान जफत गरेको अखाद्य चिनीमह र मह उत्पादन गर्दा प्रयोग गरिने भाडाहरु शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु ,स्थानिय र पत्रकारहरुको रहोबरमा वरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?