भागेका चोर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
भागेका चोर पक्राउ

सारांश

  • काठमाडौं ।
  • बाँकेको राजापुरमा प्रहरीले चोरी मुद्दामा दोषी ठहरिएर भागेका एक चोरलाई पक्राउ गरेको छ ।
  • प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई पक्रेको हो ।

काठमाडौं । बाँकेको राजापुरमा प्रहरीले चोरी मुद्दामा दोषी ठहरिएर भागेका एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई पक्रेको हो ।

जिल्ला अदालत बाँकेले चोरी मुद्दामा दोषी ठहर गर्दै एक महीना १५ दिन कैद र ९५ हजार ४ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

धरौटी बुझाएर कैद सजाय भुक्तान नगरी फरार रहेका थिए । उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ गरी अदालतमा बुझाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?