धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै

सारांश

  • काठमाडौं ।
  •  धेरैलाई थाहा नभएका कारण देशकै सबैभन्दा पूरानो चिकित्सालय बिर्सिइँदै गएको छ ।
  • काठमाडौंको नरदेवीमा रहेको नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ ।

काठमाडौं ।  धेरैलाई थाहा नभएका कारण देशकै सबैभन्दा पूरानो चिकित्सालय बिर्सिइँदै गएको छ । काठमाडौंको नरदेवीमा रहेको नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ ।

चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । १९७४ साल वैशाखमा ४ वटा शैयाबाट सेवा शुरु थियो । हाल १ सय १८ वटा शैया छन् । आयुर्वेद चिकित्साकलय नरदेवीको शतवार्षिकी कार्यक्रम साताव्यापी रूपमा विविध कार्यक्रमका साथ मनाइने भएको छ ।

आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा चेतना कम हुँदा सेवा लिन जाने बिरामी कम रहेका छन् । नेपाल आयुर्वेद चिकित्सक सङघले विज्ञप्ति निकालेर आयुर्वेद चिकित्सा उपचारको पुरानो अस्पताल रहेको र केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो ।

सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु-याउन आवश्यक रहेको बताए ।

आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुने चिकित्सालयको जिकीर छ । विशेषगरी कामला (हेपाटाइटिस, जन्डिस), अम्लपित्त, पक्षघात (प्यारालाइसिस), पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गरेका छन् ।

पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुनसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?