२५ हजार रुपैयाँ घुससहित लेखापाल पक्राउ
सारांश
- काठमाडाै, १९ कात्तिक।
- भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल(नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्।
- काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेलीले उनलाई २५ हजार रुपैयाँ घुससहित साेमबार समातेकाे हाे।
काठमाडाै, १९ कात्तिक। भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल(नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे टाेलीले उनलाई २५ हजार रुपैयाँ घुससहित साेमबार समातेकाे हाे।
विशेष सूचनाका अाधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएकाे आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री (डि.भि.डी.) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेकाे थियो।
उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए।
प्रतिक्रिया