मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मुख्यमन्त्री राईको स्वास्थ्य समस्या पत्ता लाग्न अझै हप्ता दिन लाग्ने

सारांश

  • काठमाडौं ।
  • स्वास्थ्य जाँच गर्न गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
  • घाँटी हल्लने समस्या आएपछि र नेपालमा रोग पत्ता नलागेपछि शुक्रबार उनी उपचारका लागि बैंकक गएका छन् ।

काठमाडौं । स्वास्थ्य जाँच गर्न गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटी हल्लने समस्या आएपछि र नेपालमा रोग पत्ता नलागेपछि शुक्रबार उनी उपचारका लागि बैंकक गएका छन् ।

मुख्यमन्त्री राईको बैंककमा रहेको बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार भैरहेको छ । उनको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार मुख्यमन्त्री राईको रोगको रिपोर्ट भने आइसकेको छैन । विस्तृत रिर्पोत कात्तिक २६ गते आउने बताइएको छ । मुख्यमन्त्री राई आलोचना आउने भएपछि निजी खर्चमा उपचारका लागि थाइलैंन्ड जाने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?