किन भाँडियो राप्रपा एकता ?
सारांश
- सहमतिको निकै नजिक पुगेर पनि राप्रपा समूहको एकता अन्तत रोकिएको छ ।
- राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अन्तिम समयमा आएर अडान फेरेका कारण राप्रपा समूह बीचको एकता रोकिएको हो ।
- सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीचको एकता सहमति नहुन नसक्दा भाँडिएको हो ।
सहमतिको निकै नजिक पुगेर पनि राप्रपा समूहको एकता अन्तत रोकिएको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अन्तिम समयमा आएर अडान फेरेका कारण राप्रपा समूह बीचको एकता रोकिएको हो । सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीचको एकता सहमति नहुन नसक्दा भाँडिएको हो । राजसंस्था मान्ने र चुनाव चिन्ह महाधिवेशनबाट टुंगो लगाउने समिति भएपनि दुवै विषय अहिले नै टुंगो लगाउनुपर्ने अडानका कारण एकता प्रक्रिया धरापमा परेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले गणतन्त्र स्वीकार गरे पनि कमल थापा नेतृत्वको राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिँदै आएको छ । केही दिनयता तीन पक्षबीच लगातार भएको छलफलमा एकीकृत पार्टीको आधिकारिक लाइन राजसंस्था हुने सहमति भए पनि राणाले दोधारे कुरा गरेको राप्रपाको आरोप छ ।
राणाले आफ्नो पार्टीको चुनाव चिन्ह हलोलाई अहिले नै एकीकृत पार्टीको चिन्हका रुपमा स्वीकार गर्नुपर्ने अडान राखेपछि सोमबारका लागि तय भएको एकतासभा स्थगित गरिएको छ । राप्रपाका एक नेताले तत्कालका लागि पार्टी एकताको ‘च्याप्टर क्लोज’ भएको बताए ।
प्रतिक्रिया