पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने

सारांश

  • काठमाडौं ।
  • सरकारले दिन लागेको राष्ट्रिय परिचयपत्रको शुरुवात पाँचथर जिल्लाबाट हुने भएको छ ।
  • आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु हुने भएको छ ।

काठमाडौं । सरकारले दिन लागेको राष्ट्रिय परिचयपत्रको शुरुवात पाँचथर जिल्लाबाट हुने भएको छ । आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु हुने भएको छ ।

देशमा पहिलो पटक दिन थालिएको राष्ट्रिय परिचय पत्र पाँचथरका बासिन्दाले पाउनेछन् । त्यसपछि अन्य जिल्लामा पनि वितरण गरिनेछ । बायोचिप्स राखिएको परिचयपत्रमा एउटा व्यक्तिको सबै खालको विवरण समावेश हुनेछन् ।

नागरिकता लगायतका अन्य परिचयपत्र बोकेर हिड्नुनपर्ने गरी परिचयपत्रको तयारी हुँदैछ । पाँचथरमा गत असारदेखि नै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको बताइएको छ ।

अब मंसिर ३ देखि परिचयपत्र वितरणको काम शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?