मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की

सारांश

  • एजेन्सी।
  • अर्जेन्टिना र बार्सिलोनका स्टार फुटबलर लियोनल मेसीका बालक फ्यानलाई तालिबान समर्थित आतंकवादी समूहले मार्ने धम्की दिएको छ।
  • अफगानीस्तानका सात वर्षीय मुर्तजा अहमदीलाई ताबिानले टुक्र टुक्रा पार्ने धम्की दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।


एजेन्सी। अर्जेन्टिना र बार्सिलोनका स्टार फुटबलर लियोनल मेसीका बालक फ्यानलाई तालिबान समर्थित आतंकवादी समूहले मार्ने धम्की दिएको छ। अफगानीस्तानका सात वर्षीय मुर्तजा अहमदीलाई ताबिानले टुक्र टुक्रा पार्ने धम्की दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यही कारण सात वर्षीय मुर्तजा दोस्रो पटक घर छोड्न बाध्य भएका छन्।

२०१६ मा पनि उनको परिवारले देश छोड्नु परेको थियो। मुर्तजाले दुई वर्ष पहिला प्लास्टिकको थैलीबाट बनेको अर्जेन्टिनी फुटबल टीमको जर्सी लगाएका थिए। त्यसपछि मेसीले उनलाई कतार बोलाएर भेटेका थिए। यही कारण आतंवादी संगठन तालिबान रुष्ट छ। मुर्तजा पूर्वी अफगानिस्तानको गजनी प्रान्तका हुन्। उनले आफ्ना परिवारसँग मेसीको टी–शर्ट किनिदिन आग्रह गरेका थिए। तर उनको परिवार मेसीको जर्सी किन्न समक्ष थिएन। मुर्तजाका बुवा मोहम्मद आरिफ अहमदीले उनलाई निलो र सेतो प्लास्टिकको थैलाले बनेको मेसीको जर्सी दिए। त्यसपछि उनी इन्टरनेटमा चर्चित भए। त्यसपछि तालिबानले उनको घरमा बम विस्फोट गराए भने मुर्तजालाई मार्ने धम्की दिए। त्यसपछि मुर्तजा परिवार पास्कितान जान बाध्य भयो।

अर्कोतर्फ मुर्तजाका समर्थन विश्वभरका फुटबल प्रेमिहरुले गर्न थाले। जब यो कुरा मेसीले थाहा पाए, तब मुर्तजालाई भेट्न कतार बोलाए। जहाँ डिसेम्बर २०१६ मा बार्सिलोना र अल–अहली एफसीबीच खेल हुने थियो। खेल भन्दा पहिला मेसीले मुर्तजासँग भेट गरे र पूरै टीमसँग फोटो सेशन गराए। उनले मुर्तजालाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप दिए। मुर्तजाका बुवा आरिफ अहमदीले भने–छोरालाई अपहरण गर्ने धम्की दिएपछि मैल पाकिस्तान जाने निर्णय गरेको थिएँ। मैले आफ्नो सबै सम्पत्ति बेचेँ। छोरालाई बचाउनकालागि मैले अफगानीस्तान छोडेँ।’
तर पछि सबै पैसा सकिएपछि उनी फेरि अफगानिस्तान फर्किए, तर फेरि उनलाई अहिले तालिबानले धम्की दिन थालेको छ।

मुर्तजाकी आमा शफीका अहमदीले भनिन्–जतिबेलादेखि मुर्तजा चर्चित भयो त्यतिबेलादेखि तालिबानले उसलाई दुख दिन थाले। यदि मुर्तजालाई तालिबानले कब्जामा लिए भने जिवित छोड्दैनन्। अब मुर्तजा चर्चित नहोस भन्ने मेरो कामना छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
Nepal-India Joint Commission meeting today
Nepal-India Joint Commission meeting today
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौं उपत्यकामा एकैदिन ८१७ जना कोरोना संक्रमित
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
शहीद स्मारक फुटबल
शहीद स्मारक फुटबल
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )