गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय

सारांश

  • सिन्धुपाल्चोक– सिन्धुपाल्चोक गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्माण गरिएको एकीकृत वस्तीमा अत्याधुनिक पुस्तकालय संचालनमा आएको छ ।
  • गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उनकी श्रीमति शकुन्तला भण्डारीले स्वर्गिय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गरिदिएका हुन ।
  • पुस्तकालयका लागि भण्डारीले करिव आठ लाखका समाग्री सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्माण गरिएको एकीकृत वस्तीमा अत्याधुनिक पुस्तकालय संचालनमा आएको छ ।
गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उनकी श्रीमति शकुन्तला भण्डारीले स्वर्गिय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गरिदिएका हुन । पुस्तकालयका लागि भण्डारीले करिव आठ लाखका समाग्री सहयोग गरेका छन् ।
पुस्तकालयको सिन्धुपाल्चोक क्षेत्र नम्बर तीनका सांसद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा एकीकृत वस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरु लक्ष्मण श्रेष्ठले ५ हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि ३–३ हजार रुपैयाँ प्रदान गरेका थिए ।

(plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?