भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना

सारांश

  • १२ मंसिर, लमजुङ ।
  • भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।
  • सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् ।

१२ मंसिर, लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।

सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय उदघाटनमा गर्दै उनले भूकम्पछिको पुनर्निर्माणको गतिलाई तीव्रता दिइने बताए । लमजुङका भुकम्पपीडितलाई मनसुन अघि नै टहराबाट मुक्ति दिने दाबीसमेत उनले गरे ।

‘लमजुङका भुकम्पपीडितले मनसुनअघि नै स्थायी घर पाउनेछन्’, उनले भने, ‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपलब्ध गराउने छु ।’

भुकम्प गएको ३२ महिनासम्म पुनर्निर्माणका लागि सरकारको बाटो कुरेर बसेका पूर्वी लमजुङका जनता अहिलेसम्म टहरोमै बस्दै आइरहेका छन् ।

लमजुङमा थोरै भूकम्पपीडितले पुननिर्माणका लागि दोस्रो किस्ता पाए पनि केहीले भने अझै पहिलो किस्ता पाएका छैनन । जिल्लाका १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सूचीमा परेका छन् । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार १३ हजार ८४ नीजि घर निर्माणको सम्झौता भएको छ । यी मध्ये १२ हजार ५ सय ६१ घरधुरीले ५० हजार रुपैयाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर घर बनाउन थालेकाहरु समस्यामा परेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
गद्दी त्याग्दै जापानी सम्राट
गद्दी त्याग्दै जापानी सम्राट
ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?
ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
प्रधानन्याधीशमा जोशी  सिफारिस !
प्रधानन्याधीशमा जोशी सिफारिस !
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने
उपत्यकामा थपियो निषेधाज्ञा, प्रोटोकल पुर्याएर ८ बजेपछि सवारी चलाउन पाइने

तपाईंले छुटाउनुभयो कि?