पहाड चढ्यो लामखुट्टे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
पहाड चढ्यो लामखुट्टे

सारांश

  • काठमाडौं १३ बैशाख ।
  • तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो।
  • अब औलो तराईमा सीमित छैन।

काठमाडौं १३ बैशाख । तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ।

वायुमण्डलमा तातोपन बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको विशेषज्ञ बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘औलो पहाडतिर देखा परेको छ। यो चिन्ताको विषय हो। ’

विज्ञका अनुसार बाजुरा, बैतडी, मुगु र हुम्लामा एनोफिलिज पोथी लामखुट्टे देखापरेको छ। मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकामा झुुल वितरण गरी विषादी छर्किएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरुवा रोगविज्ञ डा. सुमन थापाका अनुसार दुई वर्षअघि मुगुका चारजनामा औलो देखापरेको थियो। ‘पानीघट्ट, कुलो र खेतमा फुल पारेर लामखुट्टेको संख्या बढेको छ। तर चेतना स्थानीयमा छैन। ज्वरो आएपछि पनि सामान्य भन्दै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ,’ डा. थापाले भने।

आर्थिक वर्ष ०७४/०७५ मा औलोका बिरामी बढी देखिएका १० जिल्लाभित्र मुुगु, बाजुरा, बैतडी पनि छन्। मुगुमा एक सय ४३, बाजुरामा ६०, बैतडीमा ३३ र अछाममा ३२ औलोका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

दुई लाख १६ हजारभन्दा बढी जनसंख्या औलोको उच्च जोखिममा रहेको विभागको तथ्यांक छ। त्यस्तै ९ लाख २७ हजार औलोको मध्यम जोखिममा छन्। आर्थिक वर्ष ०७४/०७५ मा २ लाख ७ हजार ५ सय ८१ शंकास्पद औलोका बिरामीको रगत परीक्षण गरिएको थियो।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो सर्छ। लामखुट्टेले टोकेको १० देखि १५ दिनसम्म ज्वरो आउनु, काम छुट्नु, टाउको दुख्नु, पसिना आउनु, बान्ता हुनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, अंग सुनिनु औलोका लक्षण हुन्।

औलोको उपचार देशभरका स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ। आवश्यक सामग्री र औषधि आपूर्ति भइरहेको किटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापा बताउँछन्। औलोका बिरामीमध्ये पी फाल्सिपारम भन्दा पी भाइभेक्सका बिरामीको संख्या बढी छ। आर्थिक वर्ष ०७४/०७५ मा पी फाल्सिपारमका ८२ बिरामी फेला परेका थिए। त्यस्तै पी भाइभेक्सका १ हजार १ सय ५ बिरामी भेटिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ। यी सबै बिरामीले निःशुल्क उपचार पाएका थिए। दुर्गमका पहाडी बस्तीमा औलोका बिरामी बढ्न थालेकाले छुट्टै कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निर्देशक डा. लाल बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा
चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने
चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
घाँटीमा गुट्खा अड्किएर मृत्यु
घाँटीमा गुट्खा अड्किएर मृत्यु

तपाईंले छुटाउनुभयो कि?