‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
‘ठग्स अफ हिन्दुस्तान’ काे अाेराली लागेकाे हरिणकाे चाल !

सारांश

  • काठमाडौं, २८ कात्तिक ।
  • अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ लगायतका ठूला स्टारबाट सजिएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को हालत बक्सअफिसमा दयनिय बन्दै गएको छ ।
  • फिल्मले पहिलो दिन जबरजस्त कलेक्सन गरेको थियो ।

काठमाडौं, २८ कात्तिक । अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ लगायतका ठूला स्टारबाट सजिएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को हालत बक्सअफिसमा दयनिय बन्दै गएको छ । फिल्मले पहिलो दिन जबरजस्त कलेक्सन गरेको थियो । तर, विकेन्ड अन्त्यसँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको छ । यतिबेला फिल्म रामकृष्ण ढकालकाे गीत अाेराली लागेकाे हरिणकाे चाल भाे भनेजस्तै भएकाे छ  । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मकोे कमाईको ताजा आँकडा सार्वजनिक गरेका छन् । पहिलोे दिन ५० करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख, तेस्रो दिन २२ करोड ७५, चौथो दिन १७ करोड २५ लाख र पाँचौ दिन फिल्मले जम्मा ५ करोड ५० लाख कमाएको छ ।

फिल्मको कुल कमाई १२४ करोड ५० लाख भारु भएको छ । अन्य भाषाको कमाई जोड्ने हो भने फिल्मले तमिल र तेलुगुमा ४ करोड ५० लाख हात पारेको छ । यो हिसाबले फिल्मले भारतीय बजारबाट कुल १२९ करोड कमाएको छ । फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोडमा सीमित हुने प्रक्षेपण छ । कमजोर ुवर्ड अफ माउथु का कारण फिल्मको कलेक्सनमा लगातार गिरावट आएको हो । भव्य सेट, चलेका कलाकार भए पनि फिल्म खोक्रो रहेको दर्शक र समीक्षकको भनाई छ । २ सय करोडमा निर्माण भएको ‘ठग्स अफ हिन्दोस्तान’ ले घरेलु बजारबाट निर्माताको आधा लगानी उठाउन नसकेपनि ओभरअल कमाईले सुरक्षित भने हुनेछ ।

यो फिल्मको डिजिटल राइट्स मात्र १ सय ८० करोडमा बिक्री भएको छ । भारतमा मात्र फिल्म ५ हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
आफ्नो अभिव्यक्तिप्रति माफी मागे मन्त्री तामाङले
आफ्नो अभिव्यक्तिप्रति माफी मागे मन्त्री तामाङले
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई
ट्याक्सी ड्राइभरको बदमासी : यसरी सताउँछन यात्रुलाई
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
बहत्तर घण्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ

तपाईंले छुटाउनुभयो कि?