बल्ल तिर्यो सौर्य एयरलाइन्सले बक्यौता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ ।
  • पहिलो चरणको किस्ताबापत ५० करोड रुपैयाँ तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार रुपैयाँ बुझाएको विमानस्थलले जनाएको छ ।

काठमाडौं । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड रुपैयाँ तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार रुपैयाँ बुझाएको विमानस्थलले जनाएको छ ।

दुई महीनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड रुपैयाँ बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको बताए ।

सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । उसले आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो
अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
पुरुषको हत्या, मनोहरामा ट्याक्सीभित्र शव
पुरुषको हत्या, मनोहरामा ट्याक्सीभित्र शव
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने

तपाईंले छुटाउनुभयो कि?