सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सन्धिखर्क नगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न

सारांश

  • बिष्णु कुमार अाले ,अर्घाखाँची, १ मंसिर ।
  • सन्धिखर्क नगरपालिकाका कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिकले कुरा गरेर खाने जवानाको अन्त्य भएको बताउनु भएको छ ।
  • सन्धिखर्क नगरपालिकाले नरपानीमा आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै कार्यबाहक नगर प्रमुख बिकले पार्दशिता काम नगर्ने उपभोक्ता तथा निर्माण कम्पनिको भुक्तानी रोक्का गरि पुन काम गराउने चेतावनी दिनु भएको छ ।

बिष्णु कुमार अाले ,अर्घाखाँची, १ मंसिर । सन्धिखर्क नगरपालिकाका कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिकले कुरा गरेर खाने जवानाको अन्त्य भएको बताउनु भएको छ । सन्धिखर्क नगरपालिकाले नरपानीमा आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै कार्यबाहक नगर प्रमुख बिकले पार्दशिता काम नगर्ने उपभोक्ता तथा निर्माण कम्पनिको भुक्तानी रोक्का गरि पुन काम गराउने चेतावनी दिनु भएको छ ।

उहाले वडा स्तरका योजना तथा नगरस्तरिय योजनाको सम्बन्धित फिल्डको अनुगमन निरिक्षण नगरि आफुहरुले भुक्तानी नदिएको र त्यस्तो कहि कतै भएको पाएमा आफुहरुलाई खबर गर्न आग्रह गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुको कामको बारेमा जनताले अनुगमन गर्नु पर्ने बताउनु भयो । बिकले जनताको गुनासो आउने खालका कुनै पनि काम नगर्न वडाअध्यक्ष तथा जनप्रतिनिधि उपभोक्ता हरुलाई निर्देशन दिदै चैत महिना भित्र सबै बिकासका योजना सम्पन्न गर्ने गरि काम भैरहेको जानकारी दिनु भयो । वहाँले पार्टीको आडमा कामनै नगरि बजेट पचाउन खोज्नेहरू सल्बलाउने गरेको भन्दै त्यस्ता जनप्रतिनिधि कर्मचारी निर्माण व्यवसायी तथा उपभोक्ता समितीहरू आफै किनारा लाग्ने बताउनु भयो । नगरपालीकामा आउने गुनासोलाई अन्त्य गर्न र आगामी दिनमा सुधार गर्नु पर्ने कामहरुका बारेमा सुझाब लिन नगरपालिकाले सार्वजनिक सुनुवाइको सुरुवात गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले चौमासिक प्रगति प्रतिवेदन पेस गर्दै योजनाहरुको अनुगमन र गुणस्तरीयता पत्ता नलगाई आफुले कुनै पनि योजनाको भुक्तानी नदिने बताउनु भयो ।  जनताको सहयोग बिना नगरपालिकाले केहि पनि गर्न नसक्ने बताउदै गाँउमा भएका बिकासका कामहरु राम्रोसँग भए नभएको खोजिनितीको जिम्मेवारी जनताको भएको बताउनु भयो ।कार्यक्रममा नेकपाका नेता राजेन्द्र प्रसाद भुसाल नेपाली काग्रेसका जिल्ला सहसचिव ईन्सु मिया राष्ट्रिय जनमोर्चाका नेता गोबिन्द बिसि लगायतले मन्तब्य राख्दै जनतामुखि पार्दशि काम गर्न नगरपालिकालाई सुझाब दिनु भएको थियोे ।

कार्यक्रममा वडा अध्यक्षहरु ,वडा सदस्य हरु विभिन्न पार्टिका प्रतिनिधि स्थानिय जनताहरु सरोकारवाला कर्मचारी सन्चारकर्मी नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरु को सहभागीता रहेको थियोे । कार्यक्रम कार्यबाहक नगरप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता गोबिन्द केसि को सहजिकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपहरण मुद्दाका फरार तामाङ पक्राउ
अपहरण मुद्दाका फरार तामाङ पक्राउ
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
समयमै निर्माण नगरेकाले ठेक्का रद्द
समयमै निर्माण नगरेकाले ठेक्का रद्द
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
बाढी पीडितको अबस्था बुझ्न गएका मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !
बाढी पीडितको अबस्था बुझ्न गएका मन्त्री ज्यूलाई जुत्तामा हिलो लाग्ने पीर !
चीन भारत झडप, एक भारतीय सैनिकको मृत्यु
चीन भारत झडप, एक भारतीय सैनिकको मृत्यु
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य

तपाईंले छुटाउनुभयो कि?