उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२९ पटक हेरिएको
Shares
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’

सारांश

  • उपत्यकाबाट सुरुवात गर्दै देशका विभिन्न जिल्लामा लोडसेडिङ हटाएर लोकप्रिय बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ऊर्जामन्त्रीको नाम हो, ‘जनार्दन शर्मा’ ।
  • लोडसेडिङ हटाउँदै प्रचण्ड सरकार र आफ्नो राजनीतिक ‘हाइट’ बढाएका उनै शर्मालाई माओवादी केन्द्रको कार्यालय समिति बैठकले गृहमन्त्रीमा सिफारिस गर्दै गर्दा कसैले पनि विरोध गर्न सकेनन् ।
  • त्यसो त त्यसअघिदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाउनुपर्ने तर्कले सामाजिक सञ्जाल ताति नै सकेको थियो ।

उपत्यकाबाट सुरुवात गर्दै देशका विभिन्न जिल्लामा लोडसेडिङ हटाएर लोकप्रिय बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ऊर्जामन्त्रीको नाम हो, ‘जनार्दन शर्मा’ ।

लोडसेडिङ हटाउँदै प्रचण्ड सरकार र आफ्नो राजनीतिक ‘हाइट’ बढाएका उनै शर्मालाई माओवादी केन्द्रको कार्यालय समिति बैठकले गृहमन्त्रीमा सिफारिस गर्दै गर्दा कसैले पनि विरोध गर्न सकेनन् । त्यसो त त्यसअघिदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाउनुपर्ने तर्कले सामाजिक सञ्जाल ताति नै सकेको थियो ।

लोडसेडिङका कारण अन्धकारयुक्त मुलुकलाई उज्यालोतर्फ डो¥याउन सफल भएपछि जनार्दनप्रति जनताको ठूलो अपेक्षा छ । जनतालाई प्रत्यक्ष रुपमा अनूभुति र फाइदा हुने काम प्राथमिकताका साथ अघि बढाउने उनै मन्त्री शर्माले गृहमन्त्रालयबाट के गर्लान अर्को लोकप्रिय काम? अहिले जनचासो यसैमा केन्द्रित छ ।

गृहमन्त्रीको रुपमा पदभार ग्रहण गर्दै गर्दा तपाईको कार्ययोजना के छ भनेर सञ्चारकर्मीले सोधिएको प्रश्नमा पनि उनले खुलेर जवाफ दिएनन् । र यत्ति भने, ‘म गृहकार्यमा छु, सिपाहीको समेत सुझाव लिएर प्रहरी संगठनलाई दरो बनाउँछु, बाँकी कुरा कार्ययोजनापछि भनौँला’

त्यसको केही दिनभित्रै शर्माले उपत्यकाबाट व्याप्त जाम हटाउने विषयमा छलफल थाले । सडक नै अस्तव्यस्त हुने गरी दैनिक रुपमा हुने जामका कारण सवारीचालक आजित छन् । र उनीहरुका लागि लोडसेडिङपछि हटाउनुपर्ने विषय जाम नै हो । के यो सम्भव छ ? सम्बद्ध निकायसँग मन्त्री छलफल गरेको केही दिनमा हामीले मन्त्री शर्मालाई सोध्यौ? र जवाफ आइहाल्यो, ‘हामी गृहकार्यमा छौँ, पछि भनौँला’

उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले छलफलका क्रममा भनेका छन्, ‘सडकसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सुचना निकालौं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने जस्तो प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’

सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।

तर उपत्यकाबाट जाम हट्लान या नहट्लान त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Рейтинг Лучших Онлайн-казино 2024 Года Январь Топ Ten Честных И Проверенных Казино Из 38
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड
भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
एक सातामैं अर्का युवकको पनि शङ्कास्पद मृत्यु
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
कुक आइल्याण्डको सफलताको कथा, कसरी बन्यो विकसित मुलुक ?
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने

तपाईंले छुटाउनुभयो कि?