अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
१६ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज द्वारा पीडित मजदुरलार्इ सहयाेग

सारांश

  • उमेश बन्जाडे ।
  • क्वालालम्पुर, २ मंसिर ।
  • मलेसियामा अलपत्र परेका एक नेपाली मजदुरको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्वार गरेको छ।

उमेश बन्जाडे । क्वालालम्पुर, २ मंसिर । मलेसियामा अलपत्र परेका एक नेपाली मजदुरको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्वार गरेको छ। स्वास्थ्यमा आएको समस्याका कारण विगत तीन महिनादेखि समस्या झेल्दै आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका पाँच मिझिङका प्यारेलाल नेपालीलाई समाजको पहलमा उद्वार गरिएको हो।

दुई वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका सुनिललार्इ सहमति अनुरुपको न्युनतम तलबसुविधा समेत उपलब्ध नगराएपछि कम्पनी छाडेर अवैधानिक रुपमा कामगर्दै आएका थिए। पिडित नेपालीको स्वास्थ्य (पेट) मा अचानक समस्या देखिएपछि उनी थप समस्यामा परेका थिए । उनकाे तीन महिनाअघि जेनतेन शल्यक्रिया सफल भयाे । मलेसिया मै बसेर काम गर्न स्वास्थ्यले नदिएपछि नेपाल फर्किनुपर्ने अवस्था अायाे । तर घर फर्किन पैसा र कागजात नभएपछि उनी मर्कामा परे । पीडित नेपाली समस्यामा परेको सूचना पाँउना साथ अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्वारका लागि पहल गरेको समाजका अध्यक्ष राजकुमार बुढामगर ‘शुगम’ ले जानकारी दिए।

पिडित नेपालिको उपचार खर्च जुटाउन वा घर फर्किन सक्ने अवस्था नभएपछि अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले फर्किने व्यवस्था गरिदिएकाे समाजका महासचिव रामप्रसाद पुनले जानकारी दिए । समाजले पिडित सुनिलकाे उपचार खर्च तथा  नेपाल फर्कन अावस्यक कागजात मिलाइदिएकाे थियाे ।

अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजले विगत देखी नै समस्यामा परेका नेपालिहरुलाई सहायता गर्दै आइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?