सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ

सारांश

  • बिग बोसका प्रतिष्पर्धीलाई हटाएर चर्चामा रहेका बलिउड स्टार सलमान खान यतिबेला थप अर्को प्रसंगले चर्चित छन् ।
  • उनलाई ज्यान मार्ने धम्की एक युवकले दिए पछि यो समाचारले सनसनी मच्चाएको थियो ।
  • तर सलमानलाई ज्यान मार्ने धम्की दिने ती युवक पक्राउ परेका छन् ।

बिग बोसका प्रतिष्पर्धीलाई हटाएर चर्चामा रहेका बलिउड स्टार सलमान खान यतिबेला थप अर्को प्रसंगले चर्चित छन् । उनलाई ज्यान मार्ने धम्की एक युवकले दिए पछि यो समाचारले सनसनी मच्चाएको थियो । तर सलमानलाई ज्यान मार्ने धम्की दिने ती युवक पक्राउ परेका छन् । ज्यान लिने धम्की दिने थिए सलमानकै बडिगार्ड शेरा ।

धम्की दिने सलमानका बडिगार्ड शेरालाई मुम्बई अपराध शाखाले पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार शेरालाई मोबाइल फोन ट्रेसको आधारमा समातिएको थियो ।

क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको अपराध शाखाका अधिकारीहरुले बताएका छन् । प्रहरी अधिकारीका अनुसार उनलाई करिब ३ घण्टाको अवधिमा नियण्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको थियो। युवकविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता भएको छ ।

प्रहरीका अनुसार शेराले आफ्ना साथीहरुसँग मिलेर सलमानको हत्या गर्ने योजना बनाइरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?