सन्दीपमाथि आरोप लगाउने किशोरीका जन्मदर्ता २ वटा, नाबालिग नभएको वकिलको दावी
सारांश
- काठमाडौं ।
- सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने किशोरी नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।
- जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता सुधा रिजालले पीडित भनिएकी किशोरी नाबालिग नभएको दाबी गरेकी हुन्।
काठमाडौं । सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने किशोरी नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।
जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता सुधा रिजालले पीडित भनिएकी किशोरी नाबालिग नभएको दाबी गरेकी हुन्।
‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। पछि लिएको प्रतिलिपिबाट शिलशिलाबद्ध रूपले उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँ (पीडित किशोरी) ले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण हामी पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’
सन्दीपलाई म्याद थप गर्नका लागि सोमबार काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो। प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्न १० दिनको समय मागे पनि अदालतले पक्राउ परेको मिति (असोज २०) देखि लागू हुनेगरी सात दिनको समय दिएको छ।
सन्दीपले आफू निर्दोष भएको दाबी इजलासमा न्यायाधीशसमक्ष पनि गरेका छन्।
प्रतिक्रिया