सुदूरका पहाडी जिल्लाहरुमा फेरि हिमपात

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुदूरका पहाडी जिल्लाहरुमा फेरि हिमपात

सारांश

  • काठमाडौं।
  • सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुमा फेरि हिमपाल भएको छ।
  • जिल्लाको उच्च भूभागमा पानी पर्ने बित्तिकै हिमपात सुरु हुने गर्छ।
काठमाडौं। सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुमा फेरि हिमपाल भएको छ। जिल्लाको उच्च भूभागमा पानी पर्ने बित्तिकै हिमपात सुरु हुने गर्छ।
मंगलबार राति पानी परेपछि हिमाली भेगतिर बुधबार बिहानदेखि कै हिमपात सुरु भएको हो। यो वर्षमात्रै उच्च भेगहरुमा दश पटक भन्दा बढी हिमपात भएको छ। खोप्डे बजार आसपासमा मात्रै यो वर्ष सातौं पटक हिमपात भएको छ। त्यस्तै बझाङका केही बजारहरुमा पनि पाँचौं पटक भन्दा बढी हिमपात भएको स्थानीयहरुले जनाएका छन्।
हिमपात हुन दैनिक जनजीवन पनि कष्टकर बन्दै गएको छ। एकपटकको हिमपातले हप्तादिनसम्म नै कष्टकर हुने गर्छ। हिमपातमा कतिपय ठाउँका बिद्युत सेवा पनि अवरुद्ध भएका छन्। सुदूरपहाड जोड्ने केन्द्रीय प्रशारण लाइन पनि डडेल्धुरामै अबरुद्ध हुँदा अन्य जिल्लाहरुमा झनै समस्या बनेको छ।
हिमपात हुँदा चोरी सिकारीका घटना पनि बढ्ने गरेका छन्। जताततै हिउ पर्दा जंगली जनावरहरु पनि बस्तीतिर सर्ने हुँदा चोरी सिकारीका घटनाहरु बढ्ने गरेका छन्। कतिपय ठाउँमा भने हिमपात हुँदा हिउँदेबाली फस्टाउने गरेको पनि विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?