विश्वका शक्तिशाली १०० प्रेरक महिलामा परिन् उमादेवी वादी
सारांश
- काठमाडौं ।
- विश्वका १०० जना प्रेरक महिलाहरुको सूचिमा नेपालकी एक महिला पर्न सफल भएकी छन् ।
- विविसीले सार्वजनिक गरेको विश्वभरका सयजना महिलामा नेपालकी उमादेवी वादी परेकी हुन् ।
काठमाडौं । विश्वका १०० जना प्रेरक महिलाहरुको सूचिमा नेपालकी एक महिला पर्न सफल भएकी छन् । विविसीले सार्वजनिक गरेको विश्वभरका सयजना महिलामा नेपालकी उमादेवी वादी परेकी हुन् ।
उमा वादीको नाम १०औं नम्बरमा समावेश भएकी छिन् । उनी प्रदेश ७ की सांसद हुन् । नेपाली कांग्रेसबाट समानुपातिक सासंद बनेकी वादी बीबीसीले २०१८ मा प्रेरणादायी भूमिका खेलेका विश्वका प्रभावशाली महिलाहरुको सूची सार्वजनिक गर्दा उनी पनि परेकी हुन् ।
बीबीसीले हरेक वर्ष विश्वभरका जसले प्रभावशाली काम गरेका महिला नेतृ, सामाजिक अभियन्ता, अभिनेत्रीहरुबाट सय जना छनौट गर्ने गर्छ । सूचीमा ६० देशका महिला प्रेरक महिला रहेका छन्।
वादी समुदायको उत्थानको लागि उनले कामबारे बीबीसीले प्रकाशित गरेको थियो । सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयी आकिफोलारिन रहेकी छन्। ३३ वर्षिय आविसोयी सामाजिक अभियान्ता हुन्।
वादी अगुवाका रूपमा कामगरेकी उमा वादी समुदायका महिला, बालबालिकालाई अधिकार दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेकी हुन् । उमाको अगुवाइमा वादी समुदायले थुप्रै आन्दोलन गरेको थियो । उनीहरुको केही विषय राज्यले समेत सम्बोधन गर्न वाध्य भएको थियो ।
त्यसपछि उनी निकै चर्चामा आएकी थिएन । अहिले सांसद बनेर वादी समुदायको हक अधिकारका लागि सक्रिय बनिन् । आफ्नो समुदाय हक अधिकार दिलाउन संसदबाट आवाज उठाइरहेकी छन् ।
संसदमा वादी समुदायको बसोबास, सामाजिक सुरक्षा भत्ता, बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने माग राखेकी थिइन् ।
प्रतिक्रिया