वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो

सारांश

  • काठमाडौं १९ असार ।
  • वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ ।
  •  साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।

काठमाडौं १९ असार । वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ । साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।

अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ । आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि मोदी आउने योजना भए पनि वनको जग्गा स्वीकृति नभइ शिलान्याश गर्न असम्भव भएकाले मोदी आउने अनिश्चित बनेको बोर्डका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?