भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
४५ पटक हेरिएको
Shares
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार

सारांश

  • काठमाडौं, २२ असोज ।
  • नेपालको चन्द्रागिरि हिल्स लिमिटेडले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ ।
  • भारतको राजधानी नयाँदिल्लीमा आयोजना भएको एक विशेष कार्यक्रममा चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

काठमाडौं, २२ असोज । नेपालको चन्द्रागिरि हिल्स लिमिटेडले नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजना भएको एक विशेष कार्यक्रममा चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

नयाँ दिल्लीमा आयोजित १४औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदास अठवाले र पर्यटन राज्यमन्त्री केजे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार वितरण समारोहमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाह र सेल्स विभाग प्रमुख विख्यातविक्रम राणाको सहभागिता रहेको थियो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गरिन्छ । भारतको डिएलके पब्लिकेसन प्रालिले बर्सेनि ‘विश्व इन्डिया एन्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

उक्त पुरस्कारले चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेको डिएलके पब्लिकेसनले जनाएको छ । उक्त कार्यक्रममा भारत र अरू देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
अन्तर्राष्ट्रिय नारी दिवसमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सामतेन मेमोरियल प्रथम
केरा खेतीमा कीरा
केरा खेतीमा कीरा
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
उच्च शिक्षामा समान अवसर ‘विश्वविद्यालयहरूमा १० प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य, नियम मिचे कारबाही’
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पेरुको पहिरोमा परी ३६ को मृत्यु
पेरुको पहिरोमा परी ३६ को मृत्यु
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल